default_image

8 years ago

September 10, 2017

पहिलो खेलमा ब्याटिङ सुधार्ने प्रशिक्षकको योजना

83 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) –  नेपालले एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट छनोटमा थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्दैछ । खेल क्लब अमान मलेसियामा बिहान ९ः३० बजेपछि शुरु हुदैछ ।

nepal u19

नेपाली टोलीका मुख्य प्रशिक्षक विनोद दासले समूह चरणको पहिलो खेलमा ब्याटिङ सुधार्ने योजनासहित मैदानमा उत्रने बताएका छन् । ‘यो समूहमा मलेसिया र सिंगापुर बलियो टोली हुन् । हाम्रो पहिलो खेल थाइल्याण्डसँग रहेको छ ।’ प्रशिक्षक दासले भने, ‘त्यसैले सोमबारको खेलमा हामी ब्याटिङ सुधार्ने योजनासहित मैदान उत्रनेछौं ।

थाइल्याण्डसँगको खेल ब्याटिङमा आएको परिवर्तनलाई परिक्षण गर्ने मौकाको रुपमा लिएका छौं ।’ यस्तै प्रशिक्षक दासले ब्याटिङ प्रशिक्षक मोन्टी देशाईंको प्रशिक्षण पाएकाले ब्याटिङ राम्रो हुने अपेक्षा लिएको पनि बताए । ब्याटिङमा समस्या रहेको भन्दै नेपाली यू–१९ टोलीलाई भारतीय मोन्टी देशाईंले करिव एक हप्ता ब्याटिङ प्रशिक्षण दिएका थिए ।

यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले प्रतियोगितामा उत्कृष्ट खेल देखाउँदै च्याम्पियन बन्ने योजना सहित खेल्ने बताए । ‘हामी प्रतियोगिता खेल्न पाउँदा खुसी छौं । यसले सिनियर टिममा स्थान बनाउन पनि खेलाडीलाई सहयोग गर्छ ।’ कप्तान ऐरीले भने, ‘हामी जतिसक्दो छिटो खेल सक्ने रणनितीमा मैदानमा उत्रनेछौ ।’ नेपालले समूह चरणको दोस्रो खेलमा भुटानसँग बुधबार तथा बिहिबार सिंगापुरसँग खेल्नेछ ।

एसिसी यू–१९ एसिसी इस्र्टन रिजन क्रिकेटमा नेपालसहित ८ देशले प्रतिस्पर्धा गरिरहेको छन् । प्रतियोगिता एसिया कप क्रिकेट खेल्नका लागी छनोट खेल पनि हो । जारी प्रतियोगितामा फाइनल पुग्ने टोलीले आगामी नोभेम्बरमा मलेसियामै हुने युथ एसिया कप क्रिकेटमा एसियाका टेष्ट क्रिकेट टोलीसँग खेल्न पाउँनेछन ।

नेपाली टोली

दीपेन्द्रसिंह ऐरी (कप्तान), सन्दीप लामिछाने, मोहम्मद आसिफ शेख, सन्दीप सुनार, प्रनित थापामगर, अनिलकुमार साह, पवन सर्राफ, रोहितकुमार पौडेल, किशोर महतो, शहाब अलाम, नन्दन यादव, विक्रमकुमार भुषाल, सन्दीप जोरा, सुमित महर्जन

March 19, 2025

आर्मी मधेशसँग पहिलो पटक पराजित

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ । बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो । सन् २०२३ मा पोखरामा भएको […]

March 19, 2025

सुर्यकुमार मुम्बईको कप्तान बन्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) को आफ्नो पहिलो खेलमा नियमित कप्तान हार्दिक पाण्ड्याको अनुपस्थितीमा मुम्बई इन्डियन्सको कप्तानी सुर्यकुमार यादवले गर्ने भएका छन् । मुम्बईका मुख्य प्रशिक्षक महेला जयवर्धनेले बुधबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा सुर्यकुमारले पहिलो खेलमा कप्तानी गर्ने बताएका हुन् । नियमित कप्तान हार्दिक पाण्ड्यालाई सन् २०२४ को आइपिएलको अन्तिम खेलमा स्लो ओभर रेटका कारण […]

March 19, 2025

सुदूरपश्चिमले लुम्बिनीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशविरुद्ध जित हासिल गरेको छ । बुधवार भएको खेलमा सुदूरपश्चिमले ५ विकेटको जित हासिल गर्यो । लुम्बिनीले दिएको १ सय १७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । सुदूरपश्चिमको जितमा किरण कुमार ठगुन्नाले नट आउट रहँदै सर्वाधिक ४३ […]

Success

Thank you for your time.