default_image

8 years ago

September 10, 2017

पर्वत र स्याङ्जा विजयी

99 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – पर्वत टाइटन्स र केकेएफ स्याङ्जा च्यालेन्जर्स पोखरामा जारी माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि–२० क्रिकेट प्रतियोगितामा विजयी भएका छन् ।

cricket

एमसीसी क्रिकेट मैदान नदीपुरमा आइतबार भएको खेलमा पर्वत टाइटन्सले इन्र्फम्याटिक कलेजलाई ५२ रनले तथा स्याङ्जा च्यालेन्जर्सले भिएम वारियर्सलाई ८ विकेटले पराजित गरेको हो । पर्वतले दिएको ११२ रनको लक्ष्य पछ्याएको इन्र्फम्याटिक कलेज १४.२ ओभरमा ५९ रनमा समेटियो । इन्र्फम्याटिक कलेजका मिलन थापाले २१ तथा प्रविन ढकाले १० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेन ।

इन्र्फम्याटिक कलेजलाई सस्तैमा समेट्न सन्तवान पौडेल र सुरज श्रेष्ठले समान ३–३ विकेट लिए । एगेन्द्र छन्त्यालले २ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पर्वतले ९ विकेट गुमाएर १११ रन बनाएको थियो । पर्वतका लागि शहिल कार्कीले २६, अभिषेक थापाले २० तथा एगेन्द्र छन्त्यालले १३ रनको योगदान दिए । इन्र्फम्याटिक कलेजका सन्तोष कुमार श्रेष्ठले ३ विकेट लिए । पर्वतका एगेन्द्र छन्त्याल प्लेयर अफ दि म्याच घोषित भए । जितसँगै पर्वत ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पर्वतले चार खेल खेल्दा समान दुई जित र दुई हार बेहोरेको छ ।

यस्तै आइतबारै भएको अर्काे खेलमा केकेएफ स्याङ्जा च्यालेन्जर्सले भिएम वारियर्समाथि ८ विकेटको शानदार जित निकाल्यो । भिएम वारियर्सले दिएको १०८ रनको लक्ष्य स्याङ्जाले १६.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । स्याङ्जाका विश्व थापाले नटआउट ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै असिम श्रेष्ठले २८ रनको योगदान दिए । भिएम वारियर्सको सन्जय पन्त र पासाङ पुनले समान १–१ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भिएम वारियर्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०७ रन बनाएको थियो । भिएमका लागि दीपक कुँवरले ४३ तथा किशोर छन्त्यालले २० रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । स्याङ्जाका असिम श्रेष्ठले ३ विकेट लिए ।

स्याङ्जाकै विश्व थापा प्लेयर अफ दि म्याच घोषित भए । जितसँगै स्याङ्जा ६ अंक जोडेर रनरेटमा पछि पर्दै चौथो स्थानमा छ । एक खेल कम खेलेको माछापुच्छ्रे ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगिता अन्र्तगत सोमबार माछापुच्छ्रे र डाउनटाउन पोखरा तथा पर्वत टाइटन्स र भिएम वारियर्सबीच खेल हुनेछ । माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा जारी लिगमा ६ टोलिको सहभागिता रहेको छ । विजेताले ३ लाख पुरस्कार पाउने छन् । उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १०–१० हजार प्राप्त गर्नेछन् ।

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.