8 years ago
September 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एभरेष्ट प्रिमियर लिग (इपिएल) का मालिक, शहर र मार्की खेलाडीको शुक्रबार नाम सार्वजनिक सरोकारवालाहरु उत्साहित देखिएका छन् । इपिएल प्रालिले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागिता जनाउने शहर, मालिक र मार्की खेलाडीको नाम सार्वजनिक गरेको थियो ।
डिसेम्बरमा आयोजना हुने सर्वाधिक राशिको क्रिकेट प्रतियोगितामा ६ टोली काठमाडौं किङ्स इलाभेन, ललितपुर प्याट्रिओट्स, विराटनगर वारियर्स, भैरहवा ग्ल्याडियटर, पोखरा राइनोज र चितवन टाइगर्स रहेका छन् । काठमाडौं किङ्सका मालिकमा रोहित गुप्ता छन् । ललितपुर प्याट्रिओट्सका मालिक किशोर महर्जन, भैरहवा ग्ल्याडियटरका मालिक आदित्य सांघाइ, विराटनगर वारियर्सका मालिक विशाल अग्रवाल, पोखरा राइनोजका मालिक साहिल अग्रवाल र चितवन टाइगर्सका मालिक किशोर भट्टराई रहेका छन् ।
मार्की खेलाडी काठमाडौं किङ्स इलाभेनमा सोमपाल कामी, ललितपुर प्याट्रिओट्समा राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्ल, भैरहवा ग्ल्याडियटरमा शरद भेषवाकर, विराटनगर वारियर्समा राष्ट्रिय टिमका कप्तान पारस खड्का छन् । यस्तै पोखरा राइनोजको मार्की खेलाडीमा भेट्रान स्पिनर शक्ति गौचन तथा चितवन टाइगर्सको मार्की खेलाडीमा युवा ब्याट्सम्यान दिपेन्द्रसिंह ऐरी छन् ।
मार्की खेलाडीले पारिश्रमिकका रुपमा न्युनत्तम २ लाख रुपैयाँ पाउनेछन् । खेलाडीहरुको अक्सन विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगत हङकङविरुद्धको खेलपछि गरिने इपिएलका संस्थापक आमिर अख्तरले जानकारी गराए ।
पत्रकार सम्मेलनमा के भने मार्की खेलाडीले
पारस खड्का (विराटनगर वारियर्स)– यस्तो खालको प्रतियोगिताले नेपाली क्रिकेट विकासमा थप सहयोग पुग्नेछ । युवा खेलाडीले एक्सपोजर पाउनेछन् ।
ज्ञानेन्द्र मल्ल (ललितपुर प्याट्रिओट्स)– यस्ता खालका प्रतियोगिता नेपाली क्रिकेट विकासका लागि अत्यावश्यक छ्न् ।
सोमपाल कामी (काठमाडौं किङ्स)– मार्की खेलाडीका रुपमा चयन हुँदा आश्चार्यमा परेको छु । यसले राम्रो गर्न हौसला मिलेको छ ।
शरद भेषवाकर भैरहवा (ग्ल्याडियटर)– भैरहवासँग जोडिन पाउनु मेरो लागि खुसीको कुरा हो ।
शक्ति गौचन (पोखरा राइनोज)– आफ्नो ठाउबाट मात्रै नभई अन्य ठाँउबाट पनि केही गर्नुपर्छ भनेर पोखरा रोजेको हु ।
कार्यक्रममा चितवन टाइगर्सका मार्की खेलाडी दिपेन्द्रसिंह ऐरी उपस्थित थिएनन् । उनी नेपाली यू–१९ को नेतृत्व गर्दै एसिया कप छनोट खेल्न शुक्रबार मलेसिया प्रस्थान गरेका थिए ।
March 20, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]
March 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]