default_image

8 years ago

September 7, 2017

भारतको जितमा कोहलीको अर्को कीर्तिमान

92 views

0 Bookmark

कोलोम्बो (एजेन्सी) – भारतसँग टेस्ट र एक दिवसीय क्रिकेट श्रृखंलामा ‘ह्वाइटवास’ भएको श्रीलंका एक मात्र टि ट्वान्टी क्रिकेटमा पनि ७ विकेटले पराजित भएको छ । भारतको जितमा कप्तान विराट कोहली फेरी एक पटक नायक बनेका छन् ।
Kohli

गए राती १ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले ओपनरद्वय रोहित शर्मा र केएल राहुललाई ४२ रनमा गुमाएको थियो । त्यसपछि कोहली र मनिष पाण्डेलाई जिततर्फ लम्बाए । कोहली ८२ रन बनाउदै पवेलियन फर्किए भने पाण्डेले अविजित ५१ रन जोडे । उनीहरुबीच १ सय १९ रनको साझेदारी भएको थियो ।

त्यसअघि कोलोम्बोको प्रेमदासा मैदानमा भारतले टस जितेर फिल्डिङ रोजेको थियो । श्रीलंकाले निर्धारित २० ओभरमा १ सय ७० रन बनाएको थियो । घरेलु टोलीका लागि दिलसान मुनाविराले ५३ रन बनाए । असन प्रियन्जनले अविजित ४० रन जाडे । भारतका युज्भेन्द्र चाहालले ३, कुलदिप यादवले २ तथा भुवनेश्वर कुमार र जस्प्रित बुम्राहले समान १ विकेट लिए ।

कोहलीको अर्को कीर्तिमान

भारतको जितमा नायक बनेका कप्तान कोहलीले टि ट्वान्टी क्रिकेटमा लक्ष्य पछ्याउँदा सबै भन्दा धेरै रन बनाउने ब्याट्सम्यान बनेका छन् । श्रीलंकाविरुद्ध ८२ रन बनाएपछि लक्ष्य पछ्याउने क्रममा उनको अहिले सम्मको १ हजार १६ रन पुरा भएको छ । न्युजिल्यान्डका ब्रेण्डन म्याकलमले १ हजार ६ रन बनाएका थिए ।
त्यस्तै कोहलीले सबै टि ट्वान्टीमा धेरै रन बनाउने भारतीय ब्याट्सम्यान पनि बनेका छन् । यसघि सुरेश रैनाको ६ हजर ८ सय ७२ रनलाई उछिन्दै कोहलीले ६ हजार ९ सय ७ रन बनाएका छन् ।

 

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.