default_image

8 years ago

September 6, 2017

हङकङविरुद्ध खेल्न १८ नेपाली खेलाडी छानिए, अन्तिम छनोट हुन बाँकी

94 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगतको हङकङविरुद्धको खेलको लागि १८ सदस्यीय प्रारम्भिक नेपाली टिमको घोषणा भएको छ ।


बन्द प्रशिक्षणमा राखिएको २५ खेलाडीबाट हङकङविरुद्धको खेलको लागि पारस खड्काको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक नेपाली टिमको घोषणा भएको हो । १८ सदस्यीय खेलाडीको नामबाट आइसीसीले अन्तिम १४ खेलाडीको छनोट गर्ने टेक्निकल एनलिष्ट रमन शिवाकोटीले जानकारी गराए । नेपाली टिमको छनोट राष्ट्रिय टिमका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काल गरेका हुन् ।

अस्वस्थ्यका कारण २५ सदस्यीय टिमबाट नै बाहिरिएका भेट्रान स्पिनर शक्ति प्रसाद गौचनको स्थानमा बोलाइएको शाहव आलमले पनि अन्तिम १८ मा स्थान बनाउन सकेन् । यस्तै प्रधानमन्त्री कपमा उत्कृष्ट ब्याट्सम्यान बनेका सौरभ खनाल, अभिनाश कर्ण, विक्रम सोब, दिलीपनाथ, सुनिल धमला र हासिम अन्सारी टोलीमा पर्न सकेनन् ।
नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैठौ राउण्डमा हङकङसंग उसैको घरेलु मैदानमा अक्टोबर १३ र १५ तारिखमा खेल्दैछ ।

च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ । चौथो स्थानमा रहेको हङकङको १० खेलबाट ११ अंक छ । यता, नेपालको भने समान १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित भएको नेपालको ८ अंक छ ।
नेपालले अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई पराजित गर्नै पर्नेहुन्छ । नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ ।

नेपाली टोली
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३. शरद भेषवाकर
४. बसन्त रेग्मी
५. मेहबुव आलम
६.सोमपाल कामी
७. सागर पुन
८.विनोद भण्डारी
९. करन केसी
१०.जितेन्द्र कुमार मुखिया
११.सुशिल कँडेल
१२. कुशल भुर्तेल
१३. ललित भण्डारी
१४.सुसन भारी
१५.नरेश बहादुर बुढाऐर
१६.मोहम्मद आशिफ शेख
१७.दिपेन्द्र सिंह ऐरी
१८. सन्दिप लामिछाने

March 20, 2025

आइपिएल २०२५ मा बलमा थुक लगाउन पाउने

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ मा बलरले बलमा थुक लगाउन पाउने भएका छन् । मुम्बईस्थित भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को मुख्यालयमा बिहीवार भएको प्रतियोगिताका निर्णयकर्ता सँगको बैठकमा अधिकांश फ्रेन्चाइज कप्तानले परिवर्तनको माग गरेपछि आइपिएलले यस्तो निर्णय गरेको हो । सबै कप्तानहरू यो विषयमा सहमत भएका छन् । आइसिसीले अपनाएको थुक प्रतिबन्ध, जुन क्रिकेटका सबै […]

March 20, 2025

लुम्बिनीमाथि कर्णालीको रोमाञ्चक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीविरुद्ध रोमाञ्चक जित हासिल गरेको छ । बिहीवार भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले […]

March 20, 2025

साविक विजेता पुलिसको अपराजित यात्रा कायमै

काठमाडौं(हाम्रो खेलकुद) – साविक विजेता नेपाल पुलिस क्लबले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौं जित हासिल गरेको छ । पुलिसले बिहीवार भएको खेलमा बागमती प्रदेशलाई ९३ रन हरायो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो । बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित […]

Success

Thank you for your time.