8 years ago
September 6, 2017
मुम्बई (एजेन्सी) – श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा उच्च प्रदर्शन गरेका भारतीय कप्तान विराट कोहलीले आफ्नै देशका पूर्व स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरसँग एक दिवसीय वरियता अंकमा बराबरी गरेका छन् ।
श्रीलंकाविरुद्ध दुई शतक प्रहार गर्दै १ सय १० को औसत र १ सय ११.८६ को स्ट्राइक रेटमा ३ सय ३० रन बनाएका कोहलीले एक दिवसीय वरियता मापन क्रममा ८ सय ८७ अंक बनाएका छन् । सन् १९९८ मा सचिनले बनाएको यो अंक भारतीय ब्याट्सम्यानले बनाएको अहिले सम्मको सर्वाधिक अंक थियो ।
वेस्ट इन्डिजका सर भिभियन रिचाड्र्सले १९८५ मा बनाएको ९ सय ३५ भने अहिलेसम्मको सर्वाधिक हो ।कोहली अहिले एक दिवसीय क्रिकेटमा ब्याट्सम्यानको वरियतामा पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेका अस्ट्रेलियन खेलाडी डेभिड वार्नर भन्दा कोहलीको २६ अंक बढी छ ।
त्यस्तै श्रीलंकासँगको श्रृंखलामा ११.२६ को औसतमा १५ विकेट लिएका भारतीय तिब्र गतिका बलर जस्प्रित बुम्राहले बलिङतर्फ एक दिवसीय वरियतामा २७ स्थान माथि उक्लेका छन् । उनी चौथो स्थानमा पुगेका छन् ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]