default_image

8 years ago

September 4, 2017

कीर्तिमानी रकममा स्टारलाई आइपिएलको टिभी राइट्स

84 views

0 Bookmark

मुम्बई (एजेन्सी) – भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले आइपिएलको टेलिभिजन र डिजिटल अनुमती वापत ‘स्टार इन्डिया’ बाट १६ हजार ३ सय ४७ करोड भारती यरुपैंया (२.५५ बिलियन अमेरिकी डलर) प्राप्त गर्ने भएको छ । सन् २०१८ देखी २०२२ सम्मको सम्झौता क्रिकेटको इतिहासमा टेलिभिजन राइट्स वापतको कीर्तिमानी सम्झौता हो ।

IPL trophy

लिलामीमा आधारित बोलीमा सबै भन्दा धेरै रकम सहित स्टार इन्डियाले सम्पूर्ण अधिकार खरिद गरेको हो । कुल २४ संस्थाले टेन्डरको कागजात खरिद गरेपनि १४ ले मात्र मुम्बईमा सम्पन्न लिलामीमा बोली लगाएका थिए ।

भारत , अमेरिका, यूरोप , मध्य पूर्व, अफ्रीका र अन्य क्षेत्रको टेलिभिजन प्रसारण अधिकार तथा भारतमा डिजिटल प्रसारण गर्ने अधिकार गरेर छुट्टा छुट्टै ७ विधामा भएको लिलामीमा एकमुस्ट १६ हजार ३ सय ४७ करोड बोली लगाएपछि स्टारले आफ्नो पक्षमा नतिजा पाएको थियो । छुट्टा छुट्टै विधा गरेर आएको बोलीले कुल १५ हजार ८ सय १९ करोड हुनेभएकाले स्टारले एकमुस्ट अधिकार पाएको हो ।

स्टारले लगाएको बोली अघिल्लो पटकको भन्दा १ सय ५९ प्रतिशतले बढी हो । यसअघि सोनीले ९ वर्षको लागि १.६३ बिलियन डलरमा टेलेभिजन राइट्स खरिद गरेको थियो ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.