default_image

8 years ago

September 3, 2017

केसीटिसी र ग्रेटर हिमालयन क्वार्टरफाइनलमा

90 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं क्रिकेट टेनिङ सेन्टर (केसीटिसी) र ग्रेटर हिमालयन क्रिकेट एकेडेमी काठमाडौंको टुडिखेलमा संचालन भैरहेको प्रथम गणेश बहादुर‒प्राणमाया चित्रकार स्मृति कप यू–१९ क्रिकेट प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

GHCA

नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा भैरहेको प्रतियोगितामा केसीटिसीले जेभिएर ईन्टरनेशनल कलेजलाई तथा गे्रटर हिमालयन क्रिकेट एकेडेमीले राईजिङ–११ लाई पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेका हुन् । गणेश बहादुर प्राणमाया चित्रकार स्मृति कप अन्डर नाइन्टिन क्रिकेट केसीटिसीले जेभिएर ईन्टरनेशनल कलेजलाई ४ विकेटले पराजित गर्यो ।

केसीटिसीले टस जितेर फिल्डिङ रोज्दा ब्यटिङ गर्ने निम्तो पाएको जेभिएर ईन्टरनेशनल कलेजले निर्धारित २० ओभरको समाप्तिमा ९ विकेट गुमाउँदै ७९ रन बनाएको थियो । जेभिएर ईन्टरनेशनल कलेजका रबी शाहाले २४ रनको योगदान गरेका थिए । बलिङतर्फ रित गौतमले २ विकेट लिएका थिए । ८० रनको लक्ष्य पछ्याउदै ब्याटिङमा उत्रेको केसीटिसी १७.४ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य भेट्टायो । केसीटिसीका बिश्वास श्रेष्ठले १३ रन बनाएका थिए । केसीटिसीका प्रतिक कान्तले ४ ओभरमा ११ रन खर्चिदै ४ वीकेट लिन सफल भएका थिए । उक्त खेलको म्यान अफ द म्याच केसीटिसीका प्रतिक कान्त घोषित भएका छन ।

आईतबार नै सम्पन्न भएको दास्रो खेलमा राईजिङ ११ लाई ४९ रनले पराजित गर्दै ग्रेटर हिमालयन क्रिकेट एकेडेमी क्वाटर फाइनलमा प्रवेश गरेको हो । टस हारेर पहिला व्यटिङ गरेको गे्रटर हिमालयन क्रिकेट एकेडेमीले निर्धारित २० ओभरको समाप्तिमा अलआउट हुदै १ सय ५ रन जोड्न सफल भएको थियो । जिएचसीएका रबिन्द्रजंग शाहीले सर्वाधिक ३० रन बनाए । बलिङतर्फ राईजिङ ११ का प्रकास सिंहले ३ विकेट लिएका थिए । जवाफी व्यटिङ गरेको राईजिङ ११ ले १७.२ ओभरमा अलआउट हुदै ५७ रनमा समेटिदा उक्त खेल गुमाएको थियो । राईजिङ ११ का रामेश्वर बिष्ट ११ रन बनाएका थिए । जिएचसीएका प्रदिप टन्डनले ३ विकेट लिए । उक्त खेलको जिएचसीएका प्रदिप टन्डन म्यान अफ द म्याच भएका थिए । १६ टिमले भाग लिएको प्रतियोगिता २४ गतेसम्म नकआउट आधारमा सञ्चालन भइरहेका छन् ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.