default_image

8 years ago

September 3, 2017

पूर्वाञ्चल टि ट्वान्टी क्रिकेटमा १० टोली

126 views

0 Bookmark

जनम बराल
इटहरी – सुनसरीको इटहरीमा अर्को साता पहिलो पूर्वाञ्चल स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । इटहरी ग्रिन सिटीको आयोजना भदौ २७ गते सुरु हुने प्रतियोगितामा सुनसरी, झापा र मोरङका गरि १० टोलीको सहभागिता रहने बताइएको छ ।


नकआउटका आधारमा हुने प्रतियोगिताको एउटा समूहमा आयोजक इटहरी ग्रिन सिटी, ईस्टन बुलेट, मिलन चोक, राइजिङ ११ र इटहरी क्रिकेट ऐकेडेमी बीको रहेका छन् । इटहरी क्रिकेट क्लब ए, भादगाँउ, शान्तिदिप नेपाल, आदर्शक र इनरुवा अर्को समूहमा छन् । पहिलो दिन आयोजक इटहरी ग्रिन सिटी र ईस्टन बुलेटबीच प्रतिस्पर्धा हुनेछ ।

इटहरीको जनता उच्च माविको मैदानमा हुने प्रतियोगिताको विजेताले २५ हजार र दोस्रो हुने टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई पुरस्कार दिइनेछ ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.