8 years ago
September 3, 2017
कोलम्बो (एजेन्सी) –पाँच एक दिवसिय क्रिकेट श्रृखंलामा ४-० को अग्रता लिइसकेको भारतले आज कोलम्बोको प्रेमदसा रङ्गशालामा श्रीलंकासँग अन्तिम खेल खेल्दै छ । आफनै घरेलु मैदानमा लगातार चार खेल हारिसकेको श्रीलंका सान्तवना जितको खोजीमा हुनेछ भने भारत पाँचै खेल जित्दै श्रृखंला क्लिन-स्विप पार्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।
यस खेलमा भारतले राम्रो लयमा रहेका आफ्ना ओपनर शिखर धवनलाई गुमाउने छ । आफ्नी आमाको स्वास्थ बिग्रेका कारण उनी भारत प्रस्थान गरेका हुन् । उनको स्थानमा अजिन्क्या राहाने टोलीमा सम्मिलित हुने सम्भावना रहेको छ ।
त्यस्तै चौथो खेलमा भारतका लागि मौका पाएका शर्दुल ठाकुर, मनिश पाण्डे र कुल्दिप यादवले फेरी पनि टोलीमा स्थान पाउने सम्भावना छ ।यसैगरी श्रीलंकाका लागि उपुल थरङ्गा टोलीमा फर्किने छन् । स्लो ओभर रेटका कारण तेस्रो र चौथो खेलमा उनी निलम्बनमा परेका थिए । त्यस्तै श्रीलंकाका दनुश्का गुनतिलकले फिट नरहेका कारण खेल गुमाउने छन् ।
भारतले पछिल्लो खेल १७१ रनको अन्तरले जितेको थियो । त्यस खेलमा विराट कोहली र रोहित शर्मा दुवैले भारतका लागि शतक बनाएका थिए । विश्वकपमा स्वत: छनोट हुन श्रीलंकालाई कम्तिमा दुई जित चाहिएको थियो ।
तर यो खेल श्रीलंकाले जितेमा वेष्ट इन्डिजले उसलाई विश्वकपमा स्थानका लागि उछिन्न इङल्यान्डसँगको पाँचै खेल तथा आयरल्यान्डसँगको एउटा खेल पनि जित्नु पर्ने हुन्छ । आजको खेल नेपाली समयानुसार दिउसोको २.४५ बजे सुरु हुने छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]