default_image

9 years ago

December 2, 2015

कुक र डी भिलिएर्सको कप्तानीमा रहेका आईसीसी वर्ष टिम घोषणा

146 views

0 Bookmark

मंसिर १६, २०७२- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले इंगल्याण्डका कप्तान एलिष्टर कुकको नेतृत्वमा वर्ष टेष्ट टिम घोषणा गरेको छ|

ICC Team of the yearचौथोपल्ट टेष्ट टोलीमा पर्न सफल रहेका कुक सर्वाधिक रन बनाउने लिष्टको शिर्ष स्थानमा छन्। दोस्रोपल्ट कप्तानीको अवसर पाएका कुक संगै इंग्ल्यान्डका स्टुअर्ट ब्रोड र जो रुट पनि टिममा सामेल छन्| इंग्ल्यान्डका तिन खेलाडी संगै अष्ट्रेलियाका टेष्ट कप्तान स्टीभ स्मिथ र उपकप्तान डेभिड वार्नर र बलर जश हेजलवुड पनि टोलीमा अटाएका छन्| भारतका कोहि खेलाडी टिममा नपरेको अवस्थामा पाकिस्तानका तिन खेलाडी युनिस खान, सरफराज अहमद र यासिर शाहले टोलीमा स्थान बनाएका छन्| फर्ममा रहको न्युजिलान्डका ट्रेन्ट बोल्ट र केन विलिअम्सन पनि टिममा परेका छन् । यस्तै १२औं खेलाडी भारतका रविचन्द्रन आश्विन छन् ।

वान डे वर्ष टोलीमा भने दक्षिण अफ्रिकाका एबी डे भिल्लिएर्स कप्तान छनोट भएका छन् भने उनकै समकक्षी हसिम अमला र इमरान ताहिर टोलीमा समावेश भएका छन्| भारतका तर्फबाट मोहमद शामीले टोलीमा स्थान बनाएका छन् भने बंगलादेशक मुस्ताफिजुर रहमानपनि टोलीमा अटाएका छन्| टेष्ट टोलीमा पनि स्थान बनाएका अष्ट्रेलियाली स्टिभ स्मिथ र न्युजिल्यान्डका ट्रेन्ट बोल्ट वान डे टोलीमा पनि रहेका छन्| भर्खरै मात्र सन्यास लिएका श्रीलंकाका कुमार संगकारासंगै न्युजिल्यान्ड़का रस टेलर र फर्ममा रहेका अष्ट्रेलियाका तेज बलर मिचेल स्टार्क पनि टोलीमा छन्| १२औं खेलाडीका रुपमा इंग्ल्यान्डका जो रुटलाई राखिएको छ|

April 30, 2025

अष्ट्रेलियाली प्रशिक्षक लबाट नेपाली क्रिकेट के चाहन्छ?

भुपेन्द्र जि.सी. अष्ट्रेलियाका पूर्व क्रिकेटर स्टुअर्ट लको मुख्य प्रशिक्षणमा घरेलु टोली अमेरिकाले आईसीसी टी-२० विश्वकप २०२४ मा पाकिस्तानलाई सुपर ओभरमा स्तब्ध पार्दै विश्व क्रिकेटमै सनसनी मच्चायो । त्यसको केही दिन अघि ह्युस्टनमा अर्को टेस्ट राष्ट्र बंगलादेशलाई तीन खेलको सिरिजमा २-१ ले हराएको थियो । अप्रिलमा मुख्य प्रशिक्षक बनेका उनले छोटो समयमा सकारात्मक परिवर्तन ल्याएपछि अमेरिकाले […]

April 30, 2025

कोलकाताको चौथो जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई १४ रनले हराउँदै चौथो जित हात पारेको छ। जितको लागि २ सय ५ रनको लक्ष्य पछाएको दिल्ली २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९० रनमा समेटियो।फाफ डु प्लेसिसले सर्वाधिक ६२ रन बनाए। उनले ४५ बलमा ७ चौका र २ छकमका प्रहार गरे। […]

April 29, 2025

दिल्लीलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई जितको लागि २ सय ५ रनको लक्ष्य दिएको छ। अरुण जैटली स्टेडियममा दिल्लीले टस जितेर फिल्डिङ रोज्यो। कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४ रन बनायो। कोलकाताले सन्तोषजनक सुरुवात गर्यो। पहिलो पावर प्लेमा १ विकेट गुमाउँदै ७९ रन जोड्यो। ओपनर रहमानुल्लाह […]

Success

Thank you for your time.