default_image

8 years ago

September 1, 2017

पोखरामा अर्को साता माछापुच्छ्रे क्रिकेट लिग

85 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अक्सनमा आधारित माछापुच्छ्रे क्रिकेट लिग (एमसिएल) टी–२० क्रिकेट प्रतियोगिता यही भदौ २० गतेबाट शुरु हुने भएको छ । माछापुच्छ्रे क्रिकेट क्लब पोखरा र खुकुरी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने एमसीएल टी–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएकको छ ।

Cricket

भदौ ३१ गतेसम्म पोखरास्थित माछापुच्छ्रे क्रिकेट मैदान नदीपुरमा हुने प्रतियोगितामा गण्डकी र धौलागिरी अञ्चलका विभिन्न ६ क्लबहरुले प्रतियोगितामा सहभागिता जनाएको खुकुरी इनटरटेनमेन्टका प्रमुख विनायक बिक्रम थापाले जानकारी गराए ।

प्रतियोगिता स्थानीय क्षेत्रको खेलाडीहरु उत्पादन गर्ने लक्ष्यसहित आयोजना गर्न लागेको आयोजकले जनाएका छन् । ‘हामीले लोकल लेभलको खेलाडी उत्पादन गर्न लिग गरेका हौ । आशा छ हामी सफल हुन्छौ ।’ खुकुरीका प्रमुख विनायक बिक्रम थापाले भने, ‘हामीले पहाडी भेगमा पनि खेलाडीहरुले क्रिकेट खेलेका देख्यौ । त्यहाँ राष्ट्रिय स्तरका खेलाडीहरु छन् । त्यहाँका लोकलहरुलाई राष्ट्रिय स्तरसम्म ल्याृन हामीले यो प्रतियोगिता आयोजना गर्ने जमर्काे गरेका हौं ।’ यस्तै थापाले अर्काे संस्करणबाट डिपिएल तथा इपिएलकै सिस्टममा प्रतियोगिता आयोजना गर्ने गृहकार्य शुरु भैसकेको बताए ।

लिगमा आयोजक माछापुच्छ्रे लायन्ससहित भीएम वारिअर्स, पर्वत टाइटन्स, डाउन टाउन लायन्स पोखरा, इन्फरम्याटिक्स कलेज चिता र केकेएएफ स्याङ्जा च्यालेन्जर्सको टिमको सहभागिता रहेको छ । लिगको लागि खेलाडी किनबेच (अक्सन) यसअघि नै सम्पन्न भैसकेको छ । लिगको लागि कुल ९६ खेलाडी खरिद भएका थिए । लिगका लागि अक्सनमा रहेका १ सय ४५ खेलाडीमध्ये विभिन्न टोलीले ९६ खेलाडीलाई खरिद गरेको हो । अक्सनमा सुदिप पौडेल सर्वाधिक रकममा लिमामी भएका थिए । सुदिपलाई डाउनटाउन लायन्स पोखराले १० हजार ५ सयमा रुपैंयामा खरिद गरेको थियो । लिलामीमा रहेका सबै खेलाडीको न्युनतम रकम १ हजार तोकिएको थियो । लिगको उद्घाटन खेल आयोजक माछापुच्छ्रे लायन्स र भीएम वारिअर्स बीच हुनेछ । दोस्रो दिनबाट दैनिक दुई दुई खेल हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हरेक टिमले लिग चरणमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफको लागि छानिनेछन् । प्लेअफमा पहिलो हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासाग एलिमिनेटर खेल खेल्नेछ । प्रतियोगिताको विजेताले ३ लाख पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार, बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले समान १०–१० हजार पाउने छन् ।

त्यस्तै म्यान अफ दि म्याचले २ हजार र फाइनलमा म्यान अफ दि म्याच हुनेले ५ हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता सञ्चलान गर्न करिव २५ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । जसमध्ये राष्ट्रिय खेलकुद परिषदले ५ लाख तथा विभिन्न प्रायोजकहरुबाट खर्च जुटाइने आयोजकले जनाएको छ ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.