default_image

8 years ago

August 31, 2017

भारतको विजय यात्रालाई श्रीलंकाले चौथो खेलमा पनि रोक्न सकेन

76 views

0 Bookmark

कोलम्बो (एजेन्सी)– भारतीय क्रिकेट टोलीको जितको श्रृंखलालाई श्रीलंकाले चौथो खेलमा पनि रोक्न सकेन । पाँच दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटको चौथा खेलमा आज भारतले घरले टोली श्रीलंकालाई १ सय ६८ रनको भारी अन्तरले हराएको छ । यसअघि नै श्रृखंला जितिसकेको भारतले चौथो खेलमा झन शानदार प्रदर्शन गरेको थियो । 

Kohli

३ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका ४२.४ ओभरमा सबै विकेट गुमाएर २ सय ७ रनमा समेटिएको थियो । घरेलु टोलीका एन्जेलो म्याथ्युजले ७० रन प्रहार गरेपनि उनलाई कसैले राम्रो साथ दिएनन् । मिलिन्डा श्रीवर्दनाले ३९ र वानिन्दु हसरगां २२ रनमा पेविलियन फर्किए ।भारतका लागि जस्प्रित बुम्राह , हार्दिक पाण्डेया र कुलदिप यादवले समान २ तथा सार्दुल ठाकुर र अक्षर पटेलले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ७५ रनको विशाल योगफल तयार पारेको थियो । पहिले ब्याटिङ गर्ने क्रममा भारतले ६ रनमा ओपनर शिखर धवनलाई गुमाएपनि कप्तान विराट कोलही र रोहित शर्माले उत्कृष्ट साझेदारी गरेपछि भारत बलियो अवस्थामा पुगेको थियो ।

शतक बनाएका कोहली र रोहितले दोस्रो विकेटका लागि २ सय १९ रनको साझेदारी गरेका थिए । ७६ बलमा शतक पुरा गरेका कोहलीले ९६ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १ सय ३१ रन बनाएका थिए । त्यस्तै रोहितले ८८ बलको सामाना गर्दै १ सय ४ रन बनाए । त्यस्तै मनीष पाण्डेया ५० र महेन्द्र सिंह धोनी ४९ रनमा अविजित रहे । त्यो धोनीको तीन सर्यौ एक दिवसिय खेल थियो ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.