8 years ago
August 31, 2017
कोलाम्बो (एजेन्सी) – श्रीलंकाविरुद्ध चौथो एक दिवसिय अन्तर्राष्ट्रिय खेलमा भारतीय कप्तान विराट कोहलीको बिष्फोटक ब्याटिङ गर्दै शतक पुरा गरेका छन् ।
टस जितेर पहिले ब्याटिङ गरिरहेको भारतले ३० ओभरमा २ सय ३० रन जोड्दा कोहलीले शतक पुरा गरिसकेका छन् । अहिले रोहित शर्मा (९१) र हार्दिक पाण्डेया (६ रन) क्रिजमा छन् ।
दोस्रो विकेटका लागि कोहलीले रोहित शर्मासँग २ सय रन बढीको साझेदारी गरेका थिए । एक दिवसिय क्रिकेटमा कोहलीको त्यो २९ औं शतक हो ।
ओपनर शिखर धवनलाई ६ रन मै गुमाएको भारतलाई कोहली र रोहित शर्माले बलियो अवस्थामा पुर्याएका थिए । उनीले दोस्रो विकेटका लागि रोहितसँग २ सय १९ रनको साझेदारी गरेका थिए । ७६ बलमा शतक पुरा गरेका कोहलीले ९६ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १ सय ३१ रन बनाएका थिए । ३० औं ओभरमा उनको विकेट श्रीलंकाका कार्यवहाक कप्तान लासिथ मालिंगाले लिएका थिए ।
श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा भारतले यो खेल अघि ३–० ले सहज अग्रता लिइसकेको छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]