default_image

8 years ago

August 31, 2017

भारतले श्रीलंकासँगको खेलमा परिक्षण गर्न सक्ने, धोनीको तीन सयौं खेल

96 views

0 Bookmark

कोलाम्बो (एजेन्सी)– दीर्घकालिन योजनाका लागि भारतीय टोली श्रीलंकाविरुद्धको चौथो एक दिवसिय क्रिकेटमा केही खेलाडीलाई मौका दिने सम्भावना छ । सन् २०१९ मा हुने विश्व कपलाइृ लक्षित गर्दै भारतले तयारी गरिरहेको छ ।

श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० ले सहज अग्रता लिएको विराट कोहलीको भारतीय टोलीले आज हुने चौथो खेलमा टोली अन्य खेलाडीलाई मौका दिने सम्भावना छ । त्यसमा ३ सयौं एक दिवसिय खेल्ने क्रममा रहेका महेन्द्र सिंह भने हुनेछन् ।

टोली दबाबमा रहेकाबीच पूर्व कप्तान समेत रहेका धोनीले पछिल्लो दुई खेलमा अविजित रहँदै टोलीको जितमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । एक दिवसिय ३ सय खेल पुरा गर्ने धोनी छैटौं भारतीय खेलाडी बन्नेछन् । पछिल्ला दुई खेलमा लक्ष्य पछ्याएको भारतले बाँकी खेलाडीलाई मौका दिने सम्भावना छ ।

अजिन्के राहाने र पछिल्लो पटक अक्टोबरमा एक दिवसिय खेलेका मनीष पाण्डेले मौका पाउने सम्भावना छ । बलिङमा कुलदिप यावदले पनि आज खेल्ने सम्भावना छ । कोहली र प्रशिक्षक रवि शात्रीले अस्ट्रेलियाविरुद्ध घरेलु मैदानमा सेप्टेम्बर १७ बाट सुरु हुने एक दिवसिय र टि ट्वान्टी क्रिकेटमा भने टोलीमा परिवर्तन गर्ने सम्भावना छ ।

श्रीलंका मालिंगाको नेतृत्वमा
जारी श्रृखंला लगत्तैबाट लागु हुने गरि श्रीलंका क्रिकेट छनोट समितिले राजीनामा दिइसकेको छ । टोलीको लगातारको हारपछि पूर्व कप्तान सनथ जयसूर्याको नेतृत्वमा रहेको छनोट समिति दबाबमा परेको थियो । अर्का कप्तान अर्जुना रनतुंगाले पनि श्रीलंकाली क्रिकेट व्यवस्थापनको चर्को आलोचना गरेका थिए ।

चौथो एक दिवसिय क्रिकेटमा तेस्रो खेलाडीले श्रीलंकाको कप्तानी गर्ने भएका छन् । कार्यावहाक कप्तान चामारा कापुगेडेरालाई ढाडको समस्या भएपछि उनको ठाँउमा लासिथ मालिंगालाई कप्तान बनाइएको छ । मालिंगाले अर्को एक विकेट लिएपछि एक दिवसिय क्रिकेटमा ३ सयौं विकेट पुरा गर्ने चौथो श्रीलंकन खेलाडी बन्नेछन् ।

March 21, 2025

एपिएफले सुदूरपश्चिमलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]

March 21, 2025

मधेशविरुद्ध कर्णालीको ऐतिहासिक जित

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]

March 21, 2025

नवाजको शतकमा पाकिस्तानको सहज जित

एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]

Success

Thank you for your time.