8 years ago
August 30, 2017
ढाका (एजेन्सी)– बंगलादेशले पहिलो टेस्टमा आज अस्ट्रेलियालाई २० रनले हराएको छ । दोस्रो इनिङमा २ सय ६५ रनको लक्ष्य पछ्याएको भ्रमणकारी टोली अस्ट्रेलिया सबै विकेट गुमाउँदै २ सय ४४ रनमा समेटिएपछि बंगलादेश २० रनले विजयी भएको हो ।
टेस्ट क्रिकेटमा अस्ट्रेलियामाथि बंगलादेशको यो पहिलो जित हो । दुई टेस्टको श्रृखंलामा बंगलादेशले १–० को अग्रता लिएको छ । एक समय २ विकेटको क्षेतिमा १ सय ५८ रन जोड्दै बलियो अवस्थामा रहेको अस्ट्रेलियाले थप ८६ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो ।
बंगलादेशका सकिव अल हसनले ८५ रन खर्चेर महत्वपूर्ण ५ विकेट लिएपछि टोलीको जितको आधार तयार भएको थियो । त्यस्तै तैजुल इस्लामले ३ विकेट लिएका थिए । बंगलादेश दोस्रो इनिङमा २ सय २१ रनमा अलआउट भएको थियो ।
प्लेयर अफ दी म्याच हसनले शतक बनाएका डेभिड वार्न (१ सय १२ रन) र ३७ रन जोडेका स्टिभ स्मिथका विकेट लिएपछि अस्ट्रेलिया कमजोर भएको थियो । अस्ट्रेलियाले २ विकेटको क्षेतिमा १ सय ९ बाट चौथो दिनको खेल सुरु गरेको थियो । टेस्ट क्रिकेटमा वार्नरले १९ औं शतक पुरा गरेका थिए ।
त्यसअघि बंगलादेशले पहिलो इनिङमा २ सय ६० र अस्ट्रेलियाले २ सय १७ रन बनाएका थिए । यी दुईबीचको दोस्रो टेस्ट चिट्टगोङमा सेप्टेम्बर ४ मा सुरु हुनेछ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]