8 years ago
August 30, 2017
लिड्स ( एजेन्सी)–वेस्ट इन्डिजले मंगलबार घरलु टोली इङ्ल्यान्डलाई दोस्रो टेस्टमा ५ विकेटले हराएको छ । इङ्ल्यान्डमा वेस्ट इन्डिजको झन्डै १७ वर्षयता पहिलो जित हो । पाहुना टोलीको जितमा साइ होप नायक बनेका हुन् ।
चौथो इनिङमा ३ सय २२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा जित हासिल गरेको थियो । पहिले इनिङ्समा २ सय ५८ रन बनाएको इङ्ल्यान्डले दोस्रो इनिङ्समा ८ विकेटको नोक्सनीमा ४ सय ८० रन जोड्दै इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।
पहिलो इनिङ्समा ४ सय २७ रनमा सबै विकेट गुमाएको वेस्ट इन्डिजले दोस्रो इनिङ्समा ५ विकेट गुमाउँदै आवश्यक ३ सय २२ रन बनाएको थियो । वेस्ट इन्डिजका होपले दुवै इनिङ्समा शतक प्रहार गरे । पहिलो इनिङ्समा १४७ रन बनाएका उनले दोस्रो इनिङ्समा अविजित १ सय १८ रन जोड्दै टोलीलाई जितको हकदार बनाए ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]