default_image

8 years ago

August 29, 2017

नेपाली राइनोजले अमेरिकामा डिपिएल खेल्ने

76 views

0 Bookmark

सुरज भण्डारी
डलास (टेक्सस)– नेपाली राइनोज क्रिकेट क्लबले टेक्ससको प्रतिष्ठित व्यवसायिक क्रिकेट लिग डलास प्रिमियर (डिपिएलं लिग खेल्ने भएको छ । सन् २०१६ मा स्थापित क्लबले आउदो सेप्टेम्वर तेस्रो सातादेखि सुरु हुने डिपिएल खेल्न लागेको हो ।

नर्थ टेक्सस क्रिकेट एशोसिएशन अन्तर्गतको यस व्यवसायिक स्वरुपको यो लिगमा विश्वका विभिन्न देशमा प्रतिनिधित्व गरिसकेका र गरिरहेका प्रतिष्ठित खेलाडीहरुले विभिन्न क्लबवाट सहभागिता जनाउने गर्दछन् । नेपालको राष्ट्रिय टोली तथा युवा टोलीबाट प्रतिनिधित्व गरिसकेका खेलाडीहरुको पहलमा स्थापित नेपलिज राइनोजले यहाको विभिन्न प्रतियोगितामा भाग लिदै आएका छन् । त्यसमध्ये केही प्रतियोगिताको उपाधि समेत जितेका छन् ।

नेपलिज राइनोज क्लबवाट यहा रहेका तथा नेपालका समेत राष्ट्रिय टोलीका खेलाडी समेत समावेश गरिने क्लबका नियमित सदस्य सागर पन्तले बताए । विगतमा यस प्रिमियर लिगमा सहभागि भएका अन्य क्लबवाट आफुहरुले प्रतिनिधित्व गरेपनि अहिले भने आफुहरुकै क्लब सहभागि गराउन सकिएकोमा खुशी व्यक्त गर्दै उनले शशक्त टोलीको रुपमा क्लबलाई उभ्याउने योजना रहेको सुनाए ।

२० हजार डलर राशीको लिग प्रतियोगितामा सहभागिताका लागि खर्च समेत अत्यधिक हुने भएपनि नेपलिज क्रिकेट क्लबलाई माया गर्ने सबैको साथ र सहयोगले संभव भएको क्लबका अध्यक्ष थलराज पन्तले बताए । पछिल्लो पटक क्लबले नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का सहितका खेलाडीहरुलाई सहभागी गराउदैं व्यवसायिक क्लबहरु सहभागि रहने ह्युष्टनमा भएको ६० हजार राशीको टु एक्स युएएस कप जितिसकेको छ । राइनोजले गतबर्ष पुष महिनामा सम्पन्न रुस्लान कप प्रतियोगितामा टिम सहभागी गराएको थियो । शरद भेषावकर, सुशील कंडेल, पवन शर्राफ, सोनु तामांग, रुपेश श्रीवास्तब, प्रकाश बिस्ट लगायत क्रिकेटरहरु क्लबवाट खेलेका थिए ।

क्लबले विभिन्न प्रतियोगिता खेल्नुका साथैं हिमालय क्रिकेट एकेडेमीमा २ जना क्रिकेटरहरुलाई १ बर्षे क्रिकेट छात्रवृत्ति, नेपालमा महिला क्रिकेट विकासमा काम गरिरहेको राइजिंग क्रिकेट वुमेन्स क्लबलाई पनि ५० हजार आर्थिक सहयोग तथा यस्तै क्रिकेट फ्यानहरुको संस्था नेपाली क्रिकेट समर्थक समाजलाई पनि सहयोग गरेको बताउदैं क्लबका अर्का सदस्य आशिक लामाले नेपालमा समेत नेपाली क्रिकेटको विकासमा सकेको सहयोग गर्दै जाने जनाए ।

डिपिएलका लागि टोलीका नियमित सदस्य वरदान चालिसे, सागर पन्त, राकेश कर्ण, आशिक लामा, किरण श्रेष्ठका लगायतका साथैं नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी कनिस्क चौगाईं सहित अन्य खेलाडीलाई खेलाउने तयारी क्लबले गरेको छ ।

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

March 18, 2025

गण्डकीविरुद्ध बागमतीको बलियो योगफल

काठमाडौं(हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकीविरुद्ध वलियो योगफल तयार गरेको छ । बागमतीले गण्डकी प्रदेशविरुद्ध २ सय ८८ रनको बलियो योगफल तयार गरेको हो । सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८८ रनको योगफल तयार गर्यो । […]

Success

Thank you for your time.