8 years ago
August 28, 2017
केन्डी (एजेन्सी)– भारत र श्रीलंकाबीच आइतबार भएको तेस्रो एक दिवसीय खेलमा श्रीलंकन क्रिकेट समर्थकले मैदानमा बोतल फ्यालेर तनाब सिर्जना गरेपछि खेल करिब ३० मिनेट स्थगित भएको थियो ।
दोस्रो इनिङ्समा भारत जित तर्फ अघि बढ्दै गर्दा ४४ औं ओभरमा समर्थकहरुले मैदानमा बोतल फाल्न सुरु गरेका थिए । उनीहरुले फालेको बोतल खेलाडी नजिक पुग्दा श्रीलंकाका फिल्डरहरु पिच तर्फ गएर बोतल छल्नु परेको थियो । स्थितिलाई नियन्त्रणमा लिन दंगा नियन्त्रण गणको टोली खटाइएको थियो ।
खेल स्थगित भएपछि रद्द सम्म हुने स्थिति सिर्जना भएको हियो । दुई टोलीका खेलाडीले हात मिलाएर खेलको अन्त्य अनुमान गर्दै मैदानबाट बाहिरिएपछि म्याच रेफ्री एन्डी पिक्रफ्टले खेल पुनः सुरु गराएका थिए । भारतले खेल पुनः सुरु भएको ७ बल पछि जित हासिल गरको थियो ।
यसअघि डम्बुलामा भएको पहिलो खेलमा पनि समर्थकले आक्रोस पोखेका थिए । भारतसँग ९ विकेटको हारपछि समर्थकहरुले श्रीलंकाली खेलाडी चढेको बस घेर्दै आक्रोस पोखेका थिए । पाँच एक दिवसिय श्रृखंलामा भारतले ३–० को अग्रता लिइसकेको छ । विश्व कपमा स्वतः छनोट हुनका लागि श्रीलंकाले बाँकी दुवै खेल जित्नु पर्ने हुन्छ ।
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा हराएको छ । सुदूरपश्चिमविरुद्ध शुक्रवार एपिएफ ३ विकेटले विजयी भयो । १ सय ९२ रनको लक्ष्य एपिएफले ३६.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । एपिएफका लागि सन्दीप जोराले सर्वाधिक ५१ रन जोडे । उनले ६८ बलमा ५ चौका […]
March 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेशविरुद्ध ऐतिहासिक जित हासिल गरेको छ । कर्णालीले शुक्रवार मधेशविरुद्ध ८१ रनको ऐतिहासिक जित हात पार्यो । पिएम कपको इतिहासमा मधेशमाथि कर्णालीको पहिलो जित हो । यो जितसॅंगै कर्णालीले शीर्ष ४ को सम्भावना कायमै राखेको छ । २ सय २१ रनको लक्ष्य पछ्याएको मधेश […]
March 21, 2025
एजेन्सी – हसन नवाजको शतकमा पाहुना टोली पाकिस्तानले तेस्रो टि ट्वान्टी आईमा न्युजिल्यान्डलाई हराएको छ । पाकिस्तानले शुक्रवार ९ विकेटको जित हात पार्यो । जितसॅंगै ५ खेलको टि ट्वान्टी आई सिरिजमा पाकिस्तान २-१ मा पुर्याएको छ । २ सय ५ रनको लक्ष्य पाकिस्तानले १६ ओभरमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा नवाजले नट […]