default_image

8 years ago

August 27, 2017

भारतलाई श्रृखंला , श्रीलंकाको लगातार तेस्रो हार

99 views

0 Bookmark

केन्डी (एजेन्सी) – भारतले दुई खेलअघि नै श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाको उपाधि जितेको छ । आज भएको तेस्रो खेलमा घरेलु टोलील ६ विकेटले पराजित हुँदै श्रृखंलामा ३–० ले पछाडि परेको छ । 

india

टस जितेर पहिले ब्याटिङ रोजेको श्रीलंकाले ९ विकेट गुमाउदै २ सय १७ रन बनाएको थियो । जवाफमा भारतले ४ विकेटको क्षतिमा २९ बल बाँकी छदै लक्ष्य पुरा गरेको थियो । भारतका लागि रोहित शर्माले अविजित १ सय २४ रनको पारी खेले ।ओपनर शिखर धवन र कप्तान विराट कोहलीलाई १९ रन भित्र गुमाएपनि रोहितले भारतीय पारी सम्हालेका थिए । १ सय ४५ बलको सामना गरेका उनले २ छक्का र १४ चौकाको प्रहार गरेका थिए ।

उनलाई मजबुद साथ दिने क्रममा पूर्व कप्तान महेन्द्र सिंह धोनीले ८६ बलमा ६७ रन जोडे । रोहित र धोनीबीच १ सय ५७ रनको साझेदारी बन्यो । केएल राहुललाई १७ रनमा गुमाएको भारतका लागि केदार ज्यादभले खाता खोल्न सकेनन् । श्रीलंकाका लागि अघिल्लो खेलमा ६ विकेट लिएका अकिला धनन्जयले २ विकेट लिए भने लासिथ मालिंगा र विश्व फर्नान्डेजले समान १ विकेट लिए ।

त्यसअघि भारतीय बलर जस्प्रित बुमराहले खेल जीवनमा पहिलो पटक ५ विकेट लिए । उनले निरोस डिक्वेला (१३), कुसल मेन्डिस (१) ,लाहिरु थिरिमानेले (८०), मिलिडा सिरिवर्दाना (२९) र अकिला धनन्जय (२) लाई पवेलियन फर्काए । करिब १ वर्षपछि श्रीलंका क्रिकेट टोलीमा वापसी गरेका थिरिमानेले १ सय ५ बलमा ८० रन जोडेका थिए । हार्दिक पाण्डेया , अक्षर पाटेल र केदार ज्यादवले १÷१ विकेट लिए ।।

March 17, 2025

एपिएफमाथि आर्मीको जित

काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]

March 17, 2025

ललितको ६ विकेटमा पुलिसको लगातार पाँचौ जित

काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]

March 17, 2025

पिएम कप – मधेशमाथि लुम्बिनीको जित

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]

Success

Thank you for your time.