8 years ago
August 27, 2017
काठमाडौं ( हाम्रो खेलकुद) – दीपेन्द्र सिंह ऐरीको कप्तानीमा नेपालले पूर्वी एसिया स्तरीय एसीसी यू–१९ क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएको छ । यसअघि यू १९ को कप्तानी सन्दीप लामिछानेले गर्दै आएका थिए ।
पल्सर स्पोर्टस अवार्ड २०७३ को पिपुल्स च्वाइस अवार्डको मनोनयनमा परेका दीपेन्द्रको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको आइतबार घोषणा भएको छ । ४ जनालाई टोलीको वैकल्पिक खेलाडीका रुपमा राखिएको छ ।
मलेसियामा भदौ २२ देखि असोज १ गते सम्म हुने प्रतियोगिताका लागि नेपाली टोलीको छनोट सिनियर राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र यू–१९ टिमका मुख्य प्रशिक्षक विनोद कुमार दासले गरेका हुन् ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल सम्मिलित समूहमा सिंगापुर, थाइल्याण्ड र भुटान रहेका छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, चीन र म्यानमार छन् । फाइनलमा पुग्ने दुई टोली एसीसी एसिया कपको लागि छनोट हुनेछ । यस प्रतियोगिताको खेल तालिका भने सार्वजनिक हुन बाँकी छ ।
प्रतियोगितामा नेपालको नेतृत्व गरेर मलेसिया जानु पर्ने भएपछि भदौं २६ गते राजधानीमा हुने पल्सर स्पोर्ट अवार्डमा भने दीपेन्द्रको उपस्थिति नरहने भएको छ ।
यू १९ नेपाली टोली
१.दिपेन्द्र सिंह ऐरी ९कप्तान०
२.सन्दीप लामिछाने
३.मोहम्मद आसिफ शेख
४.सन्दिप सुनार
५.प्रनित थापामगर
६.अनिल कुमार शाह
७.पवन सर्राफ
८.रोहित कुमार पौडेल
९. किशोर महतो
१०.शाहव आलम
११.नन्दन यादव
१२.बिक्रम कुमार भुषाल
१३.सन्दिप जोरा
१४.सुमित महर्जन
वैकल्पिक खेलाडी
१.कमल सिंह ऐरी
२.ललित नारायण राजवंशी
३.प्रकाश केसी
४.रिजन ढकाल
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा एपिएफ क्लबलाई हराउँदै लगातार पाँचौ जित निकालेको छ । विभागीय डर्बीमा सोमवार आर्मीले एपिएफलाई ३ विकेटले पराजित गर्यो । १ सय ४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा कुशल मल्लले नट आउट रहँदै सर्वाधिक ३१ […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – ललितनारायण राजवंशीको ६ विकेटमा साविक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लगातार पाँचौ जित हात पारेको छ । पुलिसले सोमवार सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको हो । १ सय ६१ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमा समेटियो । सुदूरपश्चिमका लागि शेर मल्लले ३७ बलमा […]
March 17, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध जित निकालेको छ । सोमवार दाङमा भएको खेलमा लुम्बिनीले मधेशमाथि ८३ रनको जित हात पारेको हो । लुम्बिनीले दिएको १ सय ५९ रनको मध्यम लक्ष्य पछ्याएको मधेश २६.५ ओभरमा ७५ रनमा समेटियो । मधेशका लागि दीपेश दासले सर्वाधिक २३ रन जोडे । […]