8 years ago
August 27, 2017
केन्डी (एजेन्सी)– भारतविरुद्धको एक दिवसयि श्रृखंला जोगाउनका लागि श्रीलंकाले आजको खेल जित्नै पर्ने हुन्छ । पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा घरेलु टोली २–० ले पछाडी परिसकेको छ ।
यसै पनि श्रीलंका श्रृखंला सुरु हुनुअघि बाटै दबाबमा छ । जारी श्रृखंलामा कम्ती २ खेल जित्न नसक्दा श्रीलंका विश्व कप क्रिकेटमा स्वतः प्रवेश गर्न पाउने छैन । श्रीलंकाका कप्तान नियमित उपुल थरंगा ‘स्लो ओभर रेट’ का कारण दुई खेलको प्रतिबन्धमा छन् ।
जसले गर्दा आजको खेलमा चमरा कापुगेडेराले नेतृत्वमा श्रीलंका उत्रनेछ । त्यस्तै श्रीलंकाका दनुसा गुनातिलकले चोट लागेपछि उनको ठाँउमा लाहिरु थिरीमाने खेलाउने सम्भावना छ । भारतले दोस्रो खेलमा ब्याटिङ लाइनअपमा नयाँ प्रयोग गरेको थियो ।
कप्तान विराट कोहली भन्दा अघि केएल राहुल र केधार जाधवलाई तेस्रो र चौथो नम्बरमा स्थान दिइएको थियो । तर, अकिला धनन्जयको सिकार भएका थिए । कप्तान कोहली पनि त्यसै ओभरमा धनन्जयको बलिङमा पभेलियन फर्केका थिए । भारतले तेस्रो खेलमा पनि केहि प्रयोग गर्ने सम्भावना छ ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]