default_image

8 years ago

August 25, 2017

दोस्रो एक दिवसीयमा भारतको रोमाञ्चक जित

88 views

0 Bookmark

बालागोल्ला (हाम्रो खेलकुद)– भारतले श्रीलंकालाई ३ विकेटले हराउँदै पाँच एक दिवसिय श्रृंखलामा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा भारतले श्रीलंकामाथि ९ विकेटको जित दर्ता गरेको थियो ।


श्रीलंकाविरुद्धको दोस्रो एक दिवसिय क्रिकेटमा ब्याटिङ गर्दै महेन्द्रसिंह धोनी ।

बिहीबार राती सम्पन्न खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ३६ रन बनाएको थियो । तर, वर्षा कारण केही समय खेल अवरुद्ध भएकाले भारतले डक वर्थ लुइस नियमका आधारमा ४७ ओभरमा २ सय ३१ रनको नयाँँ लक्ष्य पाएको थियो । सो लक्ष्य भारतले रोमाञ्चक तरिकाले ४४.२ ओभरमा पुरा गरेको थियो ।

भारतका ओपनरहरुले निकै राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि १ सय ९ रनको साझेदारी गरेका थिए । पहिलो खेलका ुम्यान अफ द म्याचु शिखर धवनले १ छक्का र ६ चौकाको मद्दतले ५० बलको सामना गर्दै ४९ रन बनाए ।

अर्का ओपनर रोहित शर्माले पनि आक्रामक पारी खेल्दै ४५ बलमा ५४ रन जोडे । धवनका रुपमा पहिलो विकेट गुमाएको भारतले त्यसपछिको १० रन जोड्दा अरु ५ विकेट गुमाएको थियो । अकिला दनन्जयले ६ विकेट लिँदै भारतको मध्यक्रमलाई धराशायी पारेका थिए ।

तर, भुवनेश्वर कुमार र महेन्द्र सिंह धोनीको आठौँ विकेटका लागि सय रनको साझेदारीले दनन्जयको प्रदर्शनलाई छायाँमा पारिदियो । धोनीले ६८ बल खेल्दै अविजित ४५ रन आफ्नो खातामा जोडे । भुवनेश्वर कुमारले आफ्नो अर्धशतकीय पारीमा ५३ रन बनाए ।

त्यसअघि कप्तान उपुल थरङ्गा (९) र एन्जेलो म्याथ्युज (२०) सस्तैमा आउट भएका थिए । छैटौं नम्बरमा ब्याटिङ गर्न आएका मिलिन्दा सिरिवदनाले चामरा कपुगेदेरासँग मिलेर छैटौं विकेटका लागि ९१ रनको साझेदारी गर्दै श्रीलंकाको ब्याटिङ पारी सम्हालेका थिए ।

कपुगेदेराले ६१ बल खेल्दै ४० र सिरिवदनाले श्रीलंकाका लागि सर्वाधिक ५८ रन जोड्न सफल भएका थिए । भारतका लागि तीब्र गतिका बलर जस्प्रित बुम्राहले सर्वाधिक ४ विकेट लिएका थिए । यसैगरी, युज्भेन्द्र चहलले २ तथा हार्दिक पाण्डेया र अक्षर पटेलले समान १ विकेट लिए ।

श्रृंखला बचाउनका लागि श्रीलंकाले आउने खेल जित्नै पर्ने हुन्छ । तेस्रो एक दिवसीय खेल आइतबार बालागोल्लास्थित पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै खेलिने छ । विश्व कपमा स्वतः छनोट हुनका लागि श्रीलंकाले श्रृखंलामा कम्तीमा दुई खेल जित्नै पर्ने हुन्छ ।

March 22, 2025

कोलकातालाई हराउँदै बेंगलुरुको सानदार सुरुवात

एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]

March 22, 2025

मध्यक्रम नचल्दा कोलकाताको मध्यम योगफल

एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]

March 22, 2025

आइपिएल – उद्घाटन खेल वर्षाले प्रभावित हुने सम्भावना

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]

Success

Thank you for your time.