8 years ago
August 24, 2017
बालागोल्ला (एजेन्सी)– श्रीलंका र भारत बीचको एक दिवसीय श्रृंखलाको दोश्रो खेल आज श्रीलंकाको बालागोल्लास्थित पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेलिँदै छ । पहिलो खेलमा भारतले श्रीलंकामाथि ९ विकेटको सहज जित दर्ता गरेको थियो ।
ओपनर शिखर धवनको १ सय ३२ रनको शतकीय पारी र कप्तान विराट कोहलीको ८२ रनको मद्दतले भारतले पहिलो खेल सजिलैले आफ्नो पक्षमा पार्दै एक दिवसीय श्रृंखलामा १-० को अग्रता बनाएको थियो ।
श्रीलंकाका टेस्ट कप्तान दिनेश चन्डिमाललाई पहिलो खेलमा समावेश नगरेका कारण खेलपछि प्रशिक्षक र कप्तानले आलोचना बेहोर्नु परेको थियो । त्यसैले दोश्रो खेलमा चन्डिमाल टोलीमा समावेश हुने सम्भावना छ । पहिलो खेलमा राम्रो लयमा देखिएको भारतले भने उही टोलीलाई मैदानमा उतार्ने लगभग पक्का छ ।
विश्वकपमा स्वतः छनोट हुन श्रीलंकाले श्रृंखलाको पाँचमध्ये कम्तिमा दुई खेल जित्न जरुरी छ । त्यसैले श्रीलंकाका कप्तान उपुल थरगां विश्वकपमा स्थान पक्का गर्ने लक्ष्य लिएर मैदानमा उत्रने छन् भने भारतका कप्तान विराट कोहली आफ्नो टोलीको जितको लयलाई निरन्तरता दिन खोज्नेछन् ।
एक दिवसिय वरियतामा भारत तेस्रो स्थानमा रहेको छ भने श्रीलंका आठौँ स्थानमा छ । आजको खेल नेपाल समयअनुसार दिउँसो २ः४५ बजे सुरु हुने छ ।
March 22, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलुरुले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को पहिलो खेलमा साविक विजेता कोलकाता नाइटराइडर्सलाई हराउँदै सानदार सुरुवात गरेको छ । कोलकाताको घरेलु मैदानमा शनिवार भएको खेलमा बेंगलुरुले ७ विकेटको जित हासिल गरेको हो । १ सय ७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । बेंगलुरुको जितमा विराट कोहलीले […]
March 22, 2025
एजेन्सी – मध्येक्रमको ब्याटर चल्न नसक्दा इण्डियन प्रिमियर लिग(आइपिएल) २०२५ को पहिलो खेलमा कोलकाता नाइटराइडर्सले मध्यम योगफल तयार गरेको छ । घरेलु मैदानमा जारी खेलमा कोलकाताले रोयल च्यालेन्जर्स बेंगलुरुलाई १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको हो । इडन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७४ […]
March 22, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुने उद्घाटन खेल वर्षाले प्रभावित पार्ने अनुमान गरिएको छ । कोलकातामा वर्षा भएकाले कारण खेल हुनेमा शंका उत्पन्न भएको हो । तर, मध्याह्नतिर, घाम लागेकोले खेल हुनेमा केही आशा कायमै राखेको छ । यद्यपि, दिनको अधिकांश समय बादल मडारिएको र […]