default_image

8 years ago

August 23, 2017

डी भिलियर्सले दक्षिण अफ्रिकाको कप्तानी छाडे

87 views

0 Bookmark

कप टाउन (एजेन्सी)– एबी डी भिलियर्सले दक्षिण अफ्रिकाको एक दिवसीय क्रिकेट टोलीको कप्तानको जिम्मेवारी त्याग्ने निर्णय सार्वजनिक गरेका छन् । यो निर्णय गरेपनि भिलियर्स पुन टेस्ट क्रिकेटमा फर्किने संकेत दिएका छन् । 

De Villers

‘फाप डुप्लेसीले टोलीलाई टि ट्वान्टी र टेस्ट क्रिकेट राम्ररी सम्हालिरहेका छन् । त्यसलाई मध्यनजर गर्दै एक दिवसिय कप्तानको जिम्मेवारीबाट टाढा हुने खबर गरेको छुु ,’ डी भिलियर्सले भने ‘ ६ बर्ष यता टोलीको नेतृत्व गर्न पाउनु मेरो लागी गौरवको विषय हो । तर अब अरु कसैले यो जिम्मेवारी सम्हाल्नु पर्ने समय आएको छ । जो कप्तान भएपनि मेरो पुरै साथ रहनेछ । ’

२०१६ जनवरीमा मा इङ्ल्याण्डसँग खेलेयता डी भिलियर्स टेस्ट टोलीमा छैनन् । टेस्ट क्रिकेटमा फर्कन सक्ने संकेत गर्दै उनले भने, ‘ विश्राम पछि म स्वच्छ महसुस गर्दैछु । मैले छनोटमा तीन फर्मेटको क्रिकेटका लागि उपलब्ध हुने बताएको छु ।’

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.