8 years ago
August 22, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेटलाई लामो समय नेतृत्व प्रदान गरेका जयकुमारनाथ शाह लामो समयपछि क्रिकेटको औपचारिक कार्यक्रममा सहभागी भएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले निलम्बन गरेको नेपाल क्रिकेट संघ (क्यान) को आज सुरु भएको विशेष साधारण सभाको उद्घाटन सत्रमा अतिथिका रुपमा शाहले भाग लिएका थिए । झन्डै दुई बर्षदेखि आन्तरिक विवादका रुमलिएको क्यान विवाद चाँडै टुंगियोस् भन्ने शाहले कामना गरे ।
एसियाली क्रिकेट परिषद् (एसिसी) को उपाध्यक्ष समेत रहिसकेका ‘नेपाली क्रिकेट यो अवस्थामा आइपुग्नुमा कसको दोष छ भने खोज्नु भन्दा अब कसरी अहिलेको अवस्थामा सुधार्न सकिन्छ त्यसमा सोच्नु जरुरी भएको छ ।’
गणतन्त्र स्थापना हुनुअघि झन्डै चार दशक क्यानको अध्यक्ष रहेका शाहकै नेतृत्वमा नेपालको क्रिकेट विकासको जग हालिएको बताइन्छ । उद्घाटन सत्रमा उनलाई सम्मान गरिएको थियो । युवा तथा खेलकुद मन्त्री राजन केसीले क्यानका पूर्व अध्यक्ष शाहलाई दोसल्ला उढाएर सम्मान गरेका थिए ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।