default_image

8 years ago

August 22, 2017

प्रस्तावित विधान क्यानको विशेष साधारण सभामा प्रस्तुत

134 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सल्लाहकार समूहले तयार पारेको प्रस्तावित विधानका विषयमा निलम्बित नेपाल क्रिकेट संघ (क्यान) को विशेष साधारण सभामा आज छलफल सुरु भएको छ । नेपालमा क्रिकेट विवाद चरम विवादमा पुगेपछि क्यानलाई निलम्बन गर्दै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल सरकारको सहमतिमा सल्लाकार समिति गठन गरेको थियो ।

सल्लाकार समितिले प्रस्ताव गरेको विधान विशेष साधारण सभाबाट पास भएको खण्डमा नेपालको क्रिकेट विवाद तत्कालका लागि समाधान हुने आशा गरिएको छ । अन्तरिक विवाद चर्केपछि आइसिसीले गत वर्ष वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।

क्यानको प्रस्तावित विधान पास गर्नका लागि आइसिसीले भदौ १० गते सम्मको समय सिमा तोकेको थियो । सोही अनुसार दुई वर्षअघि निर्वाचित चतुरबहादुर चन्द अध्यक्ष र अशोकनाथ प्याकुरेल महासचिव रहेको क्यानले विशेष साधारण सभाको आयोजना गरेको हो । विधानकै विषयमा छलफल गर्न आजबाट राजधानीमा क्यानको विशेष साधारण सभा सुरु भएको छ ।

युवा तथा खेलकुद मन्त्री राजन केसीले विशेष साधारण सभाको उद्घाटन गर्दै एउटा खेलको एउटामात्र संघ हुनु पर्नेमा जोड दिएका छन् । मन्त्री केसीले साधारण सभाबाट सबै विवादको समाधान खोज्दै एउटै मात्र संघ बनाउन सुझाव दिए । ‘पछिल्लो केही वर्ष यता क्रिकेटले निकै प्रगती गरेको थियो,’ मन्त्री केसीले भने,‘ तर पछिल्लो दुई बर्षदेखि क्यान विवादमा परेपछि खेलको विकास क्रम रोकिएको छ । यसलाई गति दिन पनि एउटा मात्र संघको हुनुपर्दछ ।’

क्यानका महासचिव प्याकुरेलले प्रस्तावित विधानलाई विशेष साधारण सभामा राखिने जानकारी दिए । उनले आफुहरुले प्रस्ताव गर्दै आएको आफ्नो कार्यसमितिका पदाधिकारी एवंम् सदस्यले क्यानको अब हुने निर्वाचनमा उम्मेदवार दिन पाउने विषयलाई विशेष साधारण सभामा छलफल हुने बताए । ‘हामीले त्यो विषयमा पनि छलफल गर्छौ,’ उनले भने,‘साधारण सभाले जे पास गर्छ हाम्रो अन्तिम निर्णय त्यहि हुनेछ ।’

चन्द र प्याकुरेलको त्यो प्रस्तावलाई सल्लाहकार समूहका बाँकी सदस्यले भने अस्वीकार गरेपछि प्रस्तावमा समेटिएको छैन । प्रस्तावित विधानमा क्यानको तीन तहको संरचना जिल्ला, प्रदेश र केन्द्र रहने बताइएको छ । विशेष साधारण सभामा ३९ जिल्ला र क्रिकेट संरचनामा रहेका ९ क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ ।

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.