8 years ago
August 22, 2017
एन्टिगुवा (एजेन्सी)– वेस्ट इन्डिज क्रिकेट बोर्डसँगको असमझदारी हटेपछि ब्याटिङ अलराउन्डर क्रिस गेलको क्रिकेट टोलीमा पुनरागमन भएको छ । इङ्ल्यान्डसँग हुने एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलाका लागि उनी वेस्ट इन्डिज टोलीमा समेटिएका हुन् ।
सन् २०१५ को मार्च यता गेलले वेस्ट इन्डिजबाट एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् । मार्लोन सामुयल्सपछि इङ्ल्यान्डसँगको श्रृखंलाका लागि टोलीमा परेका छन् । सामुयल्स २०१६ को अक्टुबरयता पहिलो पटक टोलीमा परेका हुन् ।
अघिल्लो वर्ष प्रतिबन्धमा परेका ड्वाने ब्राभोले भने यसपटक पनि टोलीमा अट्न सकेनन् । २०१६ नोभेम्बेरमा ट्विटमार्फत बोर्डका अध्यक्षको आलोचना गरेपछि उनलाई बोर्डले प्रतिबन्ध लगाएको थियो । २०१६ को डिसेम्बरमा बिग ब्यास लिगमा चोट लागेपछि ब्राभो पूर्ण रुपमा फिट भएका छैनन् ।
इङ्ल्यान्डविरुद्धको श्रृखंलाका लागि वेस्ट इन्डिज टोली
सुनिल आम्ब्रिस , देभेन्द्र विसु , मिगुएल कमिन्ग्स , क्रिस गेल , जेसन होल्डर (कप्तान) , काइल होप , साइ होप , अल्जारी जोसेप , एभिन लेविस , जेसन मोहम्मद , एस्ली नर्स , रोभ्मान पावेल , मार्लोंन सामुयल्स, जेरोम टेलर र केस्रिक विलियम्स ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।