default_image

8 years ago

August 21, 2017

श्रीलंकाका समर्थकले टिम बस घेर्दै आक्रोश पोखे

90 views

0 Bookmark

डम्बुला (एजेन्सी)- भारतसँग घरेलु मैदानमा ९ विकेटले पराजित भएपछि श्रीलंका क्रिकेटका समर्थकले टोलीको टिम बस घेर्दै आक्रोस देखाएका छन् । डम्बुलामा भएको ५ एक दिवसीय खेलको शृंखलामा घरेलु टोलीले पहिलो खेलमा ९ विकेटको फराकिलो हार बेहोरेको थियो।

fans

खेलपछि करिब ५० जनाको हुलले टोलीको बसलाई घेर्दै खेलाडी र अफिसियलको विरुद्ध नाराजुलुस गरेर विरोध प्रदर्शन गरेका थिए ।प्रहरीले हस्तक्षेप गरेर भिडलाई सम्हाल्नु परेको थियो । उक्त भिडका कारण करिब आधा घण्टा जति तनाब सिर्जाना भएको थियो ।

श्रीलंका क्रिकेट टोलीको वर्तमान प्रदर्शनका कारण आक्रोशित समर्थकहरुले टोलीलाई धैर्यताका साथ दिन विभिन्न खेलाडीहरुले आग्रह गरेका छन् । श्रीलंकाका कप्तान उपुल थरंगाले सिरिजको सुरुवातमा वक्तब्य जारी गर्दै क्रिकेट टोलीमा बिश्वास गरेर समर्थन गर्न आग्रह गरेका थिए ।

हाल क्यारेबियन प्रिमियर लिगमा खेल्दै गरेका कुमार सांगाकाराले पनि सामाजिक सन्जाल मार्फत समर्थकहरुलाई मुस्किल घडीमा साथ दिन आग्रह गरेका छन् ।

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.