default_image

8 years ago

August 20, 2017

पहिलो खेलमा भारतसँग श्रीलंका ९ विकेटले पराजित

117 views

0 Bookmark

डम्बुला (एजेन्सी)– भारतले पहिलो एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेटमा आइतबार घरेलु टोली श्रीलंकालाई ९ विकेटले हराएको छ । भारतले पाँच एक दिवसिय श्रृखंलामा १–० को अग्रता बनाएको छ ।

एक दिवसिय क्रिकेटमा ११ औं शतक पुरा गरेपछि शिखर धवन (बायाँ) ।

२ सय १७ रनको मध्य लक्ष्य पछ्याएको भारतले २९ औं ओभरमा मात्र एक विकेट गुमाएर २ सय २० रन जोड्दै सहज जित र्दा गरेको थियो । भ्रमणकारी टोलीका लागि ओपनर शिखर धवनले सर्वाधिक १ सय ३२ र कप्तान विराट कोहलीले अविजित ८२ रन बनाएका थिए ।

त्यसअघि श्रीलंकाले पहिलो सफलताका रुपमा अर्का ओपन रोहित शर्मा (४) लाई पाँचौं ओभरको चौथो बलमा रन आउट पारेको थियो । म्यान अफ दी म्याच धवनले ९० बलमा २० चौका र ३ छक्का प्रहार गरे । त्यस्तै कोहलीले ७० बलमा १० चौका र १ छक्का प्रहार गरे । घरेलु टोलीका लागि कुनै बलरले प्रभावशाली प्रदर्शन गर्न सकेनन् । आक्रमण रुपमा ब्याटिङ गरेका धवनले दुई पटक जीवनदान पाएका थिए ।

त्यसअघि पहिले ब्याटिङव गरेको श्रीलंकाका लागि ओपनर निरोशन डिवेलाले अर्धशतक बनाएका थिए । उनले ७४ बलमा ८ चौकासहित ६४ रन बनाएका थिए । डिवेलाले पहिलिो विकेटका लागि दानुस्का गुनातिलकासँग ७४ रनको साझेदारी गरेका थिए । गुनातिलकाले ३५ रन बनाए । कुशल मेन्डिस र एंन्जोलो म्याथुजले समान ३६ रन जोडे । भारतका लागि अक्षर पटलले ३, केदार जादव, जसप्रित ब्रुमा र युजभेन्द चहालाले समान २ विकेट लिए ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

Success

Thank you for your time.