8 years ago
August 20, 2017
डाम्बुल्ला (एजेन्सी) – श्रीलंका र भारत बीचको एक दिवसीय शृंखलाको पहिलो खेल आज श्रीलंकाको डाम्बुल्ला स्थित रन्गिरी डाम्बुल्ला अन्तरास्ट्रिय क्रिकेट मैदानमा खेलिदै छ ।
यसअघिको तिन टेस्टको शृंखलामा भारत हावी भएको थियो भने नँया एक दिवसिय कप्तान पाएको श्रीलंका विश्वकपमा स्थान पक्का गर्ने लक्ष लिएर मैदानमा उत्रने छ । घरेलु दर्शकको साथ् पाउने श्रीलंकाले इङ्ल्याण्डमा हुने विश्वकपमा स्वतः पाइला टेक्न पाँचमद्धे कम्तिमा दुई खेल जित्न जरुरी छ ।
तिन टेस्ट खेलहरुमा श्रीलंकालाई ठूलो अन्तरले पराजित गरेको भारतीय टोलीको ध्यान जित भन्दा हाललाई आगामी विश्व कपमा बलियो टोली बनाउन तिर छ । टोलीमा नियमित हुदै आएका युभाराज सिंहलाई यसपटक मौका दिईएको छैन । कप्तान बिराट कोहलीले टोलीमा नयाँ प्रयोग गर्ने योजना भएकाले जित निश्चित नहुने बताएका छन् ।
अर्कातिर श्रीलंका हाल लयमा फर्किन संघर्ष गर्दैछ। गत जुनमा आइसिसी च्याम्पियन्स ट्रफी अन्तर्गतको समूह चरणको खेलमा भारतलाई हराएपनि त्यसयता श्रीलंकाको प्रदर्शन सन्तोषजनक छैन । जुनमा टोलीले घरेलु मैदानमा जिम्बावेसँगको सिरिज ३-२ ले गुमाएको थियो । ब्याटिंगमा टप अर्डर स्थिर रहेपनि अनुकुल नतिजाको अपेक्षा गर्न श्रीलंकालाई मिडल अर्डरका ब्याट्सम्यानले साथ् दिन जरुरी छ ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।