8 years ago
August 19, 2017
मुम्बई (एजेन्स)– एक दिवसिय क्रिकेट वरियताको आठौं स्थानमा रहेको श्रीलंकाले सन् २०१९ मा हुने विश्व कप क्रिकेटमा स्वतः प्रवेश पाउनका लागि सघर्ष गर्नुपर्ने भएको छ । भारतसँग हुने एक दिवसिय क्रिकेट श्रृंखलामा कम्तीमा दुई खेल जित्न सकेमात्र श्रीलंकाले विश्व कपमा स्वतः प्रवेश पाउनेछ ।
वरियताको आठौं स्थानमा रहेको श्रीलंकाको ८८ अंक छ । त्यस्तै नवौ स्थानको वेस्ट इन्डिजको ७८ अंक छ । वेस्ट इन्डिजले अब खेलिने ६ खेल जितेमा ८८ अंक बनाउने छ । श्रीलंकाले भारतसँग सबै ५ खेल हारेमा वेस्ट इन्डिज वरियतामा श्रीलंका भन्दा माथि उक्लनेछ । वेस्ट इन्डिजले आयरल्यान्डसँग १ र इङ्ल्यान्डसँग ५ खेल खेल्नेछ ।
तर आयरल्याण्डसँगको खेलमा वेस्ट इन्डिज पराजित भएको खण्डमा भने श्रीलंकाले भारतसँगको सबै खेल गुमाएपछि विश्व कपमा स्वतः प्रवेश पाउने छ । त्यो अवस्थामा वेस्ट इन्डिज स्वतः प्रवेशबाट बञ्चित हुनेछ । आयोजक इङ्ल्यान्ड र वरियताका अन्य शीर्ष ७ टोलीले स्वतः विश्व कपमा प्रवेश पाउनेछन् ।
May 1, 2025
विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]