default_image

8 years ago

August 18, 2017

जिएचसिएको यु–१९ टोली दुवई प्रस्थान

124 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) को यु–१९ टोली प्रशिक्षण र विलाटेरल क्रिकेट सिरिजको लागि दुवईं प्रस्थान गरेको छ । जिएचसिएको टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको हो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशव कुमार विष्ट, सिनियर राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले बिदाईं गरे । जिएचसिएको टोलीले क्रिकेट सिरिजमा इमिरेट्स्को टिमसँग चार टि–२० सिरिज प्रतियोगिता खेल्नेछ । प्रतियोगिता १८ अगष्ट अर्थात शुक्रबार आजैबाट २३ अगष्टसम्म दुवईंको अजमानस्थित अजमान ओभल क्रिकेट मैदानमा हुनेछ ।

ग्रेट हिमालय क्रिकेट एकेडेमीको टिमले यसअघि सन् २०१५ मा बंगलादेश र सन् २०१६ मा भारत भ्रमण गरेको थियो । यस्ता किसिमका भ्रमणहरुले युवा खेलाडीहरुमा थप एक्स्पोजर पुग्ने विश्वास एकेडेमीले लिएको छ । दुवर्इं जाने खर्च एकेडेमी, अभिभावक र स्पोन्सरबाट जुटाएको एकेडेमीले जनाएका हुन् ।

राखेपका सदस्य–सचिव केशव कुमार विष्टले एउटा प्राइभेट एकेडेमी भएर पनि क्रिकेटको बिकासमा लागेको प्रशांशा गर्दै टिमलाई जितको शुभकामना दिए । यस्तै सिनियर राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटाले नेपाली क्रिकेट बिकासको लागि जिएचसिएले उदाहारणीय कार्य गरेको भन्दै यस्ता खालका प्रतियोगिताले युवा खेलाडीलाई थप एक्स्पोजर मिल्ने बताए । ‘मलाई विश्वास छ । युवा खेलाडीहरुले दुवईंमा गएर सिकेर आउनेछन् ।’ विदाई कार्यक्रममा प्रशिक्षक टमाटाले भने, ‘त्यहाँको सिकाई नेपाली क्रिकेटको लागि फदायी हुन सक्छ ।’

दुवई जाने १५ सदस्यीय टोली

१. आशुतोष घिरैया (कप्तान) २. सोहम अर्याल ३.परिक्षित ढकाल ४. सौगा डंगोल ६. रमेश बहादु खड्का ७. पुनित कुमार यादव ८. हर्ष बिक्रम अधिकारी ९. विपिन उपाध्यय १०. अनुभव कार्की ११. अकुच अधिकारी १२. आदित्य महता १३. अभिशेष थापामगर १४. सुदिप शर्मा (प्रशिक्षक) १५. तेजेन्द्र राजभण्डारी (टिम म्यानेजर)

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

Success

Thank you for your time.