default_image

9 years ago

November 23, 2015

एमसीसी नेपाल ११ बिरुद्ध बिजय

199 views

0 Bookmark

अन्तिम खेलमा मेरिलेबोन क्रिकेट क्लबले (एमसीसी) सोमबार नेपाल–११ लाई ट्वान्टी–२० खेलमा ४० रनले पराजित गर्दै जितका साथ नेपाल भ्रमण टुंगाएको छ।

एमसीसीले नेपाल भ्रमणमा ३ मा जित हात पार्‍यो भने २ मा पराजय भोग्यो। पोखरामा एमसीसी स्थानीय टिमसँग अन्तिम बलमा ४० ओभरको खेलमा पराजित भएको थियो। नेपाल–११ सँगको दुई दिवसीय खेल एमसीसीले बराबरीमा टुंगाएको थियो।

एमसीसीले निर्धारित २० ओभर खेल खेली ३ विकेट गुमाई १ सय ६९ रन बनायो, जवाफमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको नेपाल–११ ले ८ विकेट गुमाई १ सय २९ रनमात्र बनाउन सक्यो।

February 21, 2025

दक्षिण अफ्रिकाको विजयी सुरुवात

एजेन्सी – ओपनर रायन रिकल्टनको शतक प्रेरित दक्षिण अफ्रिकाले च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानलाई पराजित गरेको छ । समूह ‘बी’ को शुक्पहिलोकि खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले १ सय ७ रनको जित हात पारेको हो । ३ सय १६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २ सय ८ रनमा समेटियो । अफगानिस्तानका रहमत साहले सर्वाधिक ९० […]

February 21, 2025

रिकल्टनको शतकमा अफगानिस्तानलाई बलियो लक्ष्य

एजेन्सी – रायन रिकल्टनको शतकमा दक्षिण अफ्रिका बाट च्याम्पियन्स ट्रफीमा डेब्यु गरेको अफगानिस्तानले बलियो लक्ष्य पाएको छ । पाकिस्तानको कराँचीस्थित नेसनल क्रिकेट स्टेडियममा जारी रहेको समूह ‘बी’ को पहिलो खेलमा अफगानिस्तानले ३ सय १६ रनको बलियो लक्ष्य पाएको छ। टस जितेर ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १५ रन […]

February 21, 2025

पिएम कपको सबै खेल पहिलो पटक उपत्यका बाहिर,खेल तालिका सार्वजनिक

काठमाडौं(हाम्रो खेलकुद) – प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय प्रतियोगिता पहिलो पटक काठमाडौं बाहिर हुने भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रवार प्रतियोगिताको खेल तालिका जारी गर्दै प्रतियोगिताका सबै खेल लुम्बिनी प्रदेशको ३ वटा क्रिकेट मैदानमा हुने जनाएको छ । रुपन्देहीको सिद्धार्थ रंगशाला र एक्स्ट्राटेक ओभलमा तथा दाङको लमही क्रिकेट मैदानमा खेलहरु संचालन हुनेछ […]

Success

Thank you for your time.