default_image

8 years ago

August 14, 2017

क्रिकेट अम्पायर सुवेदी र प्रधान मलेसिया जाने

116 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट अम्पायर बुद्धिबहादुर प्रधान र दुर्गानाथ सुवेदी मलेसियामा यसै साता सुरु हुने दक्षिण पूर्वी एसियाली (एसइए) खेलकुद अम्पायरको भूमिका निर्वाह गर्न मंगलबार त्यसतर्फ जाने भएका छन् । 

क्रिकेट अम्पायर दुर्गानाथ सुवेदी र बुद्धिबहादुर प्रधान (दायाँ)।

एसइए खेलमा क्रिकेट पहिलो पटक समावेश गरिएको र त्यहाँ पुरुष ५० ओभर तथा महिला/ पुरुष टि ट्वान्टीमा अलग अलग प्रतिस्पर्धा हुने बताइएको छ । क्रिकेटमा आयोजक मलेसिया, सिंगापुर, थाइल्यान्ड, इन्डोनेसिया र म्यानमारले प्रतिस्पर्धा गर्नेछन् । एसइए खेल अगस्ट १७ देखि २९ सम्म हुनेछ ।

किन्रारा ओभल मैदानमा सञ्चालन हुने क्रिकेटका लागि इन्टरनेसनल टेक्निकल अफिलिय (आइटिओ) ले सुवेदी र प्रधानलाई नियुक्त गरेको हो । दुवै नेपाली अम्पायर इन्टरनेसनल क्रिकेट काउन्सिल (आइसिसी) का डेभलप्मेन्ट प्यानलका अम्पायर हुन् । एसइए खेलका लागि कुनै पनि नेपाली नियुक्त भएको यो पहिलो अवसर हो ।

 

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

Success

Thank you for your time.