8 years ago
August 12, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पाँचौ संस्करणको सिंगापुर अन्तर्राष्ट्रिय क्लब टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको तीन खेलमध्ये दुई खेलमा जित हात पार्दै नेपाली खेलाडी सम्मिलित सिंगापुर इमर्जिङ स्टार समूह ‘बी’ को उपविजेताको रुपमा प्रतियोगिताको सेमिफाइनलमा पुग्न सफल भएको हो।
यस समूहबाट सिंघालेज क्रिकेट क्लब अपारजित रहँदै सेमिफाइनलमा पुग्न सफल भयो । सिंगापुर इमर्जिङ पहिलो खेलमा सिंहालेस क्रिकेट क्लबसँग पराजित भएको थियो भने दोस्रो खेलमा मेलवर्न क्रिकेट क्लबलाई पराजित गरेको थियो । समूह चरणको अन्तिम खेलमा सिंगापुर इमर्जिङले हङकङको कोउलुन क्रिकेट क्लबलाई ६२ रनले पराजित गर्यो । सिंगापुर इमर्जिङले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको कोउलुन क्रिकेट क्लबले निर्धारित १७ ओभरमा ९ विकेट गुमाएर १ सय २८ रनमात्र बनाउन सक्यो । उसका लागि म्याथ्यु स्टिलर र वाक्स बर्कटले समान २७–२७ रन बनाए । अंशुमान रथले १६, सहेव अहमदले १४ तथा एस्ले क्याडीले १३ रनको अविजित पारी खेलेपनि टिमलाई जिताउन सकेन ।
सिंगापुर इमर्जिङका प्रमोद राजाले सर्बाधिक तीन विकेट तथा धर्मीचन्द मुलेवाले २ विकेट लिए । पारस खड्का, अखिल बालचन्द्र र अनन्त कृष्णले समान १–१ विकेट दिलाए । यसअघि वर्षाका कारण १७ ओभरमा झारिएको खेलमा तेस्रो नम्बरमा ब्याटिङमा आएका क्षितिज शिन्डेले विस्फोटक ब्याटिंग गर्दै ७३ रनको मद्दतमा विशाल योगतर्फ पुगेको थियो । शिन्डेले मात्र ३१ बलमा ७ छक्का र ४ चौका मद्दतले ७३ रन बनाएका हुन् । यस्तै ओपनर चामिण्डा रुवानले ४२ रन तथा सुरेन्द्रन चन्द्रमोहनले ३१ रनको महत्वपूर्ण इनिङ्स खेले । पारस खड्काले मात्र दुई रन बनाउदा मेहबुब आलमले अविजित १३ रन बनाए । कोउलुनको लागि सुहेब अहमेदले ३ विकेट लिए ।
समुह ‘ए’ बाट मद्रास क्रिकेट क्लब र सिड्नी क्रिकेट ग्राउण्ड सेमीफाइनलमा प्रवेश गरिसकेको छ । प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल आइतबारै हुनेछ । नेपाली खेलाडी सम्मिलित सिंगापुर इमर्जिङले आइतबार समूह ‘ए’ को विजेता मद्रास क्रिकेट क्लबसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]
April 30, 2025
एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।