8 years ago
August 12, 2017
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टारले सिंगापुरमा जारी पाँचौ संस्करणको सिंगापुर अन्तर्राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा पहिलो जित हात पारेको छ ।
इण्डियन एसोसिएसनको खेल मैदानमा शनिबार भएको समूह चरणको दोस्रो खेलमा इमिर्जिङ स्टारले मेलवर्न क्रिकेट क्लबलाई डिएल पद्धतिमा २९ रनले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको हो । यसअघि नेपाली खेलाडी सम्मिलित टिम पहिलो खेलमा सिंघालेज स्पोर्टस् क्लबसँग पराजित भएको थियो ।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर इमिर्जिङले १० ओभर ब्याटिङ गर्दै ७६–४ को स्कोर बनाउदा वर्षाले खेल अबरुद्ध हुन पुगेको थियो । त्यसपछि खेल सुरु हुन नसक्दा मेलवर्नलाई १० ओभरमा ९० रनको नयाँ लक्ष्य दिएको थियो ।
९० रनको लक्ष्य पछ्याएको मेलवर्न क्रिकेट क्लब ८.२ ओभरमा अलआउट हुदै ६० रनमात्र बनाउन सक्यो । मेलवर्नका लागि मेरिक बुचाननले सर्वाधिक २१ रन बनाएपनि टिमलाई जित दिलाउन सकेन । यस्तै म्याथ्यु ब्राउनले १३ तथा ज्याक्सन कुपले १० रन बनाएपनि अन्य ब्याट्समयान चल्न नसक्दा पराजित हुन पुग्यो । मेलवर्नलाई सस्तैमा समेट्न अनन्त कृष्णले ३ विकेट लिए ।
पारस ले उत्कृस्ट बलिङ गर्दै २ ओभरमा ६ रन खर्चदै २ विकेट लिए । धर्मीचन्दमुलेवाले दुई तथा मेहबुवले एक विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुर इमर्जिङका लागि क्षितिज सिन्ड र चेतज सुर्यावंशी मान २१–२१ रनमा अविजित रहे । यस्तै नेपाली टिमका कप्तान पारस खड्काले १७ रन तथा चामिन्डा रुवनले १२ रन बनाए ।
मेलवर्नका मेरिक बुचानन र विल्सन म्याकगिलिभरेले समान २–२ विकेट लिए । समूह ‘बी’ मा पहिलो जितसँगै सिंगापुर इमर्जिङले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएकबो छ । सिंगापुर इमर्जिङले आजै हुने समूह चरणको अन्तिम खेलमा हङकङको कोउलुन क्रिकेट क्लबलाई पराजित गर्न सके सेमिफाइनल पुग्नेछ । यो समूहमा सिंघालेज क्रिकेट क्लब अपराजित रहँदै सेमिफाइनलमा पुगिसकेको छ ।
May 1, 2025
विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ। पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]
May 1, 2025
एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]
April 30, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]