default_image

8 years ago

August 11, 2017

आरसीडब्लु विशेष प्रशिक्षणका लागि भारतमा

93 views

0 Bookmark

काठमाडौँ (एजेन्सी) – नेपाली महिला क्रिकेटमा लामो समयदेखि सक्रिय रहेको राइजिङ क्रिकेट फर वुमन (आरसीडब्लु) टोली विशेष प्रशिक्षणका लागि भारत पुगेको छ। विश्वकप छनोटको तयारीलाई लक्षित गर्दै ८ सदस्यीय टोली १५ दिने कार्यक्रममा सहभागी हुन शुक्रबार दिल्ली पुगेको हो।

दिल्लीस्थित टि.एन. मेमोरियल एकेडेमीले नेपाली टोलीलाई प्रशिक्षणका लागि विशेष आमन्त्रण गरेपछि टोली त्यसतर्फ बुधबार प्रस्थान गरेको थियो। टोलीले श्रावण २८ गतेदेखि भाद्र ११ गतेसम्म त्यहाँ रहेर दैनिक प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ। प्रशिक्षण र बसाईंको व्यवस्था एकेडेमीले गर्नेछ भने अन्य व्यवस्था टोली आफैंले लिने क्लब प्रतिनिधि आरती बिडारीले जानकारी दिईन। केहि खेलाडी व्यक्तिगत खर्चमा त्यहाँ पुगेका हुन् भने केहि खेलाडीको खर्च क्लब आफैंले व्येहोर्ने उनले बताइन।

केहि महिना अघि अत्तरिया कप महिला टि२० क्रिकेट प्रतियोगिताको विजयी टोलीबाट उत्कृष्ट रहेका केहि सदस्यसहित टोली इन्दिरापुरम पुगेको हो । टोलीमा राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री सहित नेरी थापा मगर, अश्मिना कर्माचार्य, आरति बिडारी, गीता गोसाई, रोम थापा, सुमन खतिवडा रहेका छन्। टोलीले त्यहाँ रहेर प्रशिक्षणसँगै एकेडेमीकै अन्य टोलीसँग समन्वय गरेर केहि अभ्यास खेल पनि खेल्नेछन्। व्यवस्थापक मालिका शर्मा पनि टोलीसँगै भारत प्रस्थान गरेकी छिन्।

विश्वकप छनोटको लागि राष्ट्रिय खेलाडीहरुको तयारी र केहि नयाँ अनुहारलाई एक्सपोजर दिएर राष्ट्रिय टोलीमा पर्न सहयोग पुग्ने हेतुले यस कार्यक्रमको योजना गरेको प्रतिनिधि बिडारीले जानकारी दिईन। टोलीले एकेडेमीमा रहेर दैनिक २ पटक अभ्यास गर्नेछ। टोलीलाई भारत भ्रमणका लागि केशर कन्सल्टेन्सीले सहयोग गरेको छ।

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

April 30, 2025

पन्जाबले टस जित्यो

एजेन्सी – पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आजको खेलमा टस जितेको छ। चेन्नई सुपर किङ्ससँगको खेलमा पन्जाबले टस जितेर फिल्डिङ रोजेको छ। अंक तालिकामा पन्जाब पाचौं र चेन्नई पुछारमा छ।

Success

Thank you for your time.