default_image

8 years ago

August 11, 2017

सिंगापुरमा पारस र मेहबुब सम्मिलित टिम पराजित

127 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद ) – सिंगापुरमा आजबाट शुरु भएको पाँचौ संस्करणको सिंगापुर क्रिकेट क्लब इन्टर नेशनल टी–२० क्रिकेट प्रतियोगितामा नेपालका दुई खेलाडी पारस खड्का र मेहबुब आलम सम्मिलित सिंगापुर इमर्जिङ स्टार पराजित भएको छ ।

Paras and Meh

सिंगापुरस्थित पादाङ क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो खेलमा नेपाली राष्ट्रिय टिमका कप्तान पारस र टिमका महत्वपूर्ण सदस्य मेहबुब सम्मिलित सिंगापुर इमर्जिङ स्टार डकवर्थ लुइस (डिएल) पद्धतिको आधारमा सिंघालेस स्पोर्टस् क्लबसँग ३६ रनले पराजित भएको हो । सिंघालेसले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको सिंगापुर इमर्जिङले ५.४ ओभरसम्म २ विकेट गुमाएर २६ रन बनाएको अवस्थामा वर्षा भएपछि खेल पुनः शुरु हुन नसक्दा खेलको निर्णय डिएल पद्धतिबाट लिएको थियो । जसमा सिंघालेसले बाजी मारेको हो ।

सिंगापुर इमर्जिङका लागि चामिन्डा रुवाले ११ रन बनाए । नेपालका मेहबुब ४ रनमा आउट भए । सुरेन्द्ररन चन्द्रमोहन ६ रन तथा अर्जुन मुर्तेजा ३ रन बनाएर खेलिरहेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । श्रीलङ्का राष्ट्रिय टिमका सदस्य तथा टिमका कप्तान सिंघालेसका सचित्रा सिनानायकेले दुई विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको सिंघालेसले निर्धारित १७ ओभरमा ४ विकेट गुमाएर १ सय ९२ रनको सम्मानजनक योगफल तयार पारेको थियो । सिंघालेसका लागि दासुन सानाकाले सर्वाधिक ७९ रनको अविजित इनिङ्स खेले । दासुनले आक्रामक ब्याटिङ गर्दै २७ बलमा ५ चौका र ८ छक्काको मद्दतमा ७९ रन बनाए । मिनोध बानुवाले ५० रनको अर्धशतकीय इनिङ्स खेले । सम्मु असम १३ रनमा अविजित रहे ।

सिंगापुर इमर्जिङका लागि नेपाली खेलाडी मेहबुबले ४ ओभर बलिङ गर्दै ३९ रन खर्चेर दुई विकेट लिए । मेहबुबले सिंघालेसका ओपनर ब्याट्सम्यान दिलन जयलथलाई शुन्य रनमै बोल्ड गरेका थिए । पारसले दुई ओभर बलिङमा २० रन खर्चदै एक विकेट लिए । अखिल बालाचन्द्रले एक विकेट लिए । समूह ‘बी’ मा रहेको नेपाली खेलाडी सम्मिलित सिंगापुर इमर्जिङले शनिबार अष्ट्रेलियाको मेलवर्न क्रिकेट क्लबसँग खेल्नेछ । यस्तै शनिबार नै हङकङको कोउलोन क्रिकेट क्लबसँग खेल्नेछ ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

Success

Thank you for your time.