default_image

8 years ago

August 9, 2017

करण अघि बढेपनि बागलुङको क्रिकेट अझै पछाडि

187 views

0 Bookmark

अर्जुन कार्की
बागलुङ – तीब्र गतिका बलर करण केसी छोटो समयमा नेपाली क्रिकेटमा स्थापित नाम हो । अहिले उनको खेल मनपराउने धेरै छन् । तर, उनले जुन जिल्लाबाट अघि बढ्दै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको परिचय बनाए त्यो जिल्लामा भने क्रिकेटको अवस्था निकै उराठ लाग्दो छ । करणले पश्चिमको बागलुङबाट घरेलु क्रिकेटको यात्रा सुरु गरेका थिए । बागलुङ जहाँ क्रिकेटकै गतिविधि कम भएको ठाँउबाट राष्ट्रिय टोलीसम्मको यात्रा तय गर्नु पत्याउन कठिन विषय हो ।

करण केसी (बायाँ) । बागलुङमा नेटमा अभ्यास गर्दै स्थानिय खेलाडी ।

बागलुङको सिगानामा जन्मे पनि करण सानै उमेरदेखि भारतमा बस्थे । २०७१ सालमा नागरिकता बनाउन जन्मथलो फर्केपछि उनको खेल जीवनले नयाँ मोड लिएको थियो । यद्दपी उनले क्रिकेट गुण भारतमै सिकेका थिए । नागरिकता बनाउन बागलुङ आउदा उनले बांगेचौरमा स्थानिय खेलाडीसँग खेले । जहाँ उनले उत्कृष्ट प्रदर्शन गरे । त्यसपछि उनलाई पोखरा जान बागलुङका खेलाडीले सल्लाह दिए । पोखरा गएका करण त्यसको केही समयपछि राष्ट्रिय टोलीमा पर्न सफल भए ।

करण बागलुङको बांगेचौर खेल मैदान हुँदै अघि बढ्दा त्यो मैदानमा भने क्रिकेट खेल्न करिब प्रतिबन्ध लागिसकेको अवस्था छ । बागलुङमा खेलिने खेल अधिकांश बांगेचौर मै खेलिन्छन् । तर, त्यो चौर पूर्ण रुपमा फुटबल मैदानका लागि प्रस्तावित मैदान हो । जसको मार अन्य खेललाई परिरहेको छ ।

मैदानको सुरक्षाको लागि अहिले जिल्ला खेलकुद विकास समिति बागलुङले तारजाली लगाएपछि क्रिकेट खेलाडीलाई अभ्यास गर्ने मैदानको अभाव परेको छ । देशमा फुटबलसँगै क्रिकेट पनि लोकप्रिय बनिरहेको अवस्थामा बागलुङका खेलाडी भने सधैं जसो व्याट र बल बोकेर खाली ठाँउ खोज्दै अभ्यास गर्न बाध्य छन् ।

बागलुङमा नेटमा अभ्यास गर्दै स्थानिय खेलाडी । तस्बिर– अर्जुन कार्की

‘पहिले हामी बांगेचौरमा अभ्यास गर्थ्यौं । तारजाली लगाएपछि त्यहाँ अभ्यास गर्न पाइन्न,’ धौलागिरी क्रिकेट क्लबका कप्तान विजय विकले भने,‘हिजोआज उपल्लाचौरमा रहेको बागलुङ बसपार्क नजिकको खाली जग्गामा अभ्यास गर्छौ । मैदान सानो, भिरालो छ । बागलुङ खेलकुद विकास समितिसँग क्रिकेटको विकासको लागि मैदान र व्यवस्थापनका विषयमा प्रस्ताव राख्दा वास्ता गरिएन । ’

बागलुङमा अहिले युवाहरुमा अहिले क्रिकेटको क्रेज देखिन्छ । तर, मैदान र व्यवस्थापनको अभावमा यो क्रेज आउने दिनमा घट्ने खतरा पनि त्यत्तिकै छ । ‘आफ्नै खर्चमा राष्ट्रिय स्तरका लिगहरु खेल्न गइरहेका छौं । अहिले हामीसगँ प्रतिभावान खेलाडी पनि छन् । तर प्रशिक्षण र मैदानको अभाव हुँदा जति विकास हुन सक्थ्यो त्यति हुन सकेको छैन ,’ खेलाडी किसान खड्काले भने,‘ मैदानको अभाव, खेलाडीको अनिश्चित भविष्य र खेलकुदसँग सरोकारवाल संस्थाले चासो नलिएपछि बागलुङमा नयाँ खेलाडीहरुको उत्पादन गर्न सकिदैन । त्यसले स्वभाविक रुपमा क्रेज घट्दै जान्छ ।’

प्रशिक्षकको व्यवस्था, मैदान र पिच निर्माण र खेल समाग्रीको व्यवस्थापन गर्न सक्दा बागलुङमा क्रिकेट अघि बढ्ने सम्भावना रहेको खेलाडीको बुझाई छ । जिल्ला खेलकुद विकास समितिले अभ्यासको लागि नेटको व्यवस्थापन गरिदिए पनि पिचको अभावका कारण आफै ठाउँ खोज्दै अभ्यास गर्नु परेको खेलाडी शिव जिसी दुखेसो गर्छन् । शिव खेलाडीको स्तर उन्नतीका लागि अभ्याससँगै प्रतियोगिता पनि आवश्यक रहने बताउँछन् ।

तर पछिल्ला दुई बर्ष आयोजना भएको हरि खड्का स्मृति राष्ट्रिय टि–ट्वान्टी क्रिकेट प्रतियोगिता यो वर्ष हुन्छ हुन्न भन्नेमा शंका छ । बांगैचौर तारजाली बारेपछि टि ट्वान्टी क्रिकेट आयोजना पनि अन्योलमा परेको छ । जिल्ला बाहिर गएर खेल्दा खेलाडीको स्तर बढ्ने र युवाहरुमा पनि क्रिकेट पनि आकर्षण बढ्ने गरेको अनुभव खेलाडीको छ । खेलाडीलाई जिल्ला र अन्य जिल्लामा गएर खेल्ने वातावरण जिल्ला खेलकुद विकास समितिले तयार गरिदिनु पर्ने उनीहरुको माग छ ।

पोखरामा हुँदै आएको माछापुच्छ«े क्रिकेट लिग (एमसिएल) बागलुङका खेलाडी पनि खेल्ने मौका पाउँदा जिल्लाको क्रिकेट विकासमा मद्दत पुगिरहेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धन बहादुर परियारले जिल्लाकै एकमात्र मैदानका रुपमा रहेको बांगेचौरमा सबैलाई पालै पालो अभ्यास गर्न अनुरोध गरिएको बताउँछन् ।

‘हाम्रा लागि सबै खेल बराबर हुन् । क्रिकेटका लागि मात्र होइन यहाँ सबै खेलका लागि मैदानको अभाव छ,’अध्यक्ष परियारले भने,‘आउटडोर खेलहरुको लागि मैदानको व्यवस्थापन गर्न नव निर्वाचित जनप्रतिनिधिहरुसँग सहकार्य गरिरहेका चाहिरहेका छौं । विस्तारै जिल्लामा रहेको सक्रिय खेलका लागि मैदानको व्यवस्था गर्ने हाम्रो योजना छ । ’

बागलुङको बांगेचौर खेल मैदान । तस्बिर– अर्जुन कार्की

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

Success

Thank you for your time.