default_image

8 years ago

August 6, 2017

एमसीएलको अक्सन सम्पन्न

81 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको संयुक्त आयोजनामा हुने माछापुच्छ्रे क्रिकेट लिग (एमसीएल) टि२०को खेलाडी किनबेच (अक्सन) सम्पन्न भएको छ। ६ टोलीको सहभागिता रहने प्रतियोगिता भदौको पहिलो साताबाट पोखरामा हुँदैछ।

आइतबार पोखरामा एक कार्यक्रम आयोजना गरेर १ सय ४५ खेलाडी मध्य ८४ खेलाडीलाई टोलीहरुले खरिद गरेका थिए। गण्डकी र धौलागिरी अञ्चलका खेलाडीहरु मात्र सहभागी हुने यस प्रतियोगितामा ६ टोलीको कप्तानहरुको निर्धारण  यसअघिनै भएको थियो। अक्सनमा डाउनटाउन लायन्स पोखराले सुदिप पौडेललाई सर्वाधिक १० हजार रुपैंयामा खरिद गरेको छ। न्युनतम रकम १ हजार तोकिएको अक्सनमा सबै टोलीले १४ खेलाडीलाई टोलीमा समेटेका छन्।

लिगमा आयोजक माछापुच्छ्रे लायन्स, भीएम वारिअर्स, डाउन टाउन लायन्स पोखरा, इन्फरम्याटिक्स कलेज चिता, पर्वत टाइटन्स र केकेएएफ स्याङ्गजा च्यालेन्जर्सको सहभागिता रहने छ। नेपालको लागि उमेर समूहका प्रतियोगिता खेलिसकेका दिपेश खत्रीले माछापुच्छ्रे लायन्सको कप्तानी सम्हालेका छन् भने विजय विकेले भीएम वारियर्सको नेतृत्व गर्नेछन्। यसैगरी डाउन टाउन लायन्स पोखराको कप्तानमा राजु गुरुङ र इन्फरम्याटिक्स कलेजको कप्तान प्रबिन ढकाल रहेका छन्। पर्वत टाइटन्सका लागि राजु थापा र केकेएएफ स्याङ्गजा च्यालेन्जर्सको कपतानमा दिवाकर थापाले कप्तानी गर्नेछन्।

प्रतियोगितामा सहभागी हरेक टिमले लिग चरणमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफको लागि छानिने छन् । प्लेअफमा पहिलो हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ।

लिगको विजेताले ३ लाख पुरस्कार पाउने छन् भने उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्दा बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले १०–१० हजार पाउने छन् । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले २ हजार र फाइनलमा म्यान अफ दि म्याच हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने छन्।

May 1, 2025

पुलिस र आर्मी फाइनल खेल्ने

विराटनगर (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लब विराटनगरमा जारी मनमोहन (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।  पुलिसले उपाधिका लागि त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। पुलिसले भारतको आसाम क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। विराटनगरको बैजनाथपुर स्थित गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानमा पुलिसले १ सय ५५ रनको लक्ष्य २८ ओभरमा पछ्याउनु पर्ने […]

May 1, 2025

चेन्नई आइपिएलको प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – चेन्नई सुपर किंग्स जारी इन्डियन प्रिमियर लिग (आइपिएल ) प्लेअफ दौडबाट बाहिरिने पहिलो टोली बनेको छ। महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नई बुधवार पञ्जाब किंग्ससँग ४ विकेटले पराजित भयो। चेन्नई यो फ्रेन्चाइजको इतिहासमा लगातार दोस्रो पटक प्लेअफमा स्थान बनाउन असफल भएको छ। श्रेयश अय्यरको कप्तानीमा रहेको पञ्जाबले छैटौं जित निकाल्यो । चेन्नईको १० […]

April 30, 2025

पन्जाब किङ्सलाई सामान्य चुनौती

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले पन्जाब किङ्सलाई १ सय ९१ रनको चुनौति दिएको छ। पन्जाबले टस जितेर चेन्नईलाई ब्याटिङको लागि उतार्यो। चेन्नईले १९.२ ओभरमा १ सय ९० रनमा अल आउन भयो। ४८ रन जोड्दा ३ विकेट गुमाएको चेन्नईले सुरुवात फितलो गर्यो। चौथो विकेटको लागि साम कुरान र डिवाल्ड ब्रेभिसले ७८ रनको […]

Success

Thank you for your time.