8 years ago
August 5, 2017
पोखरा (हाम्रो खेलकुद) – साउनको अन्तिम साताबाट सुरु हुने माछापुच्छ्रे क्रिकेट लिगको अक्सन आइतबार हुने भएको छ । माछापुच्छ्रे क्रिकेट क्लब र खुकुरी इन्टरटेनमेन्टको आयोजनामा हुने टि२० लिग भदौ ६ गतेदेखि पोखरामा हुँदैछ।
१ सय ३५ खेलाडी सहभागी हुने अक्सनमा टोलीहरुले खेलाडीमाथि बोली लगाउनेछन्। गण्डकी र धौलागिरी अञ्चलका खेलाडीहरु मात्र सहभागी हुने यस प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको सम्पूर्ण खेल माछापुच्छ्रे क्रिकेट क्लबको मैदानमा हुनेछ ।
प्रतियोगितामा सहभागी हरेक टिमले लिग चरणमा एक–एक खेल खेल्नेछन् । शीर्ष चार टोली प्लेअफको लागि छानिने छन् । प्लेअफमा पहिलो हुने टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुनेले फाइनल प्रवेशका लागि तेस्रो र चौथो टिमबीचको विजेतासँग एलिमिनेटर खेल खेल्नेछ।
लिगको विजेताले ३ लाख पुरस्कार पाउने छन् भने उपविजेताले २ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्दा बेस्ट बलर र बेस्ट ब्याट्सम्यानले १०–१० हजार पाउने छन् । यस्तै प्रत्येक खेलको म्यान अफ दि म्याचले २ हजार र फाइनलमा म्यान अफ दि म्याच हुनेले ५ हजार पुरस्कार प्राप्त गर्ने छन् ।
लिगमा आयोजक माछापुच्छ्रे लायन्स, भीएम वारिअर्स, डाउन टाउन लायन्स पोखरा, इन्फरम्याटिक्स कलेज चिता, पर्वत टाइटन्स र केकेएएफ स्याङ्गजा च्यालेन्जर्सको सहभागिता रहने छ। टोलीका कप्तानहरुको घोषणा यसअघी नै भइसकेको छ।
नेपालको लागि उमेर समूहका प्रतियोगिता खेलिसकेका दिपेश खत्रीले माछापुच्छ्रे लायन्सको कप्तानी सम्हालेका छन् भने विजय विकेले भीएम वारियर्सको नेतृत्व गर्नेछन्। यसैगरी डाउन टाउन लायन्स पोखराको कप्तानमा राजु गुरुङ र इन्फरम्याटिक्स कलेजको कप्तान प्रबिन ढकाल रहेका छन्। पर्वत टाइटन्सका लागि राजु थापा र केकेएएफ स्याङ्गजा च्यालेन्जर्सको कपतानमा दिवाकर थापाले कप्तानी गर्नेछन्।
March 15, 2025
हिमाल खरेल,मेचीनगर थन्डर–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । आयोजक बाहुनडाँगी क्रिकेट क्लबलाई शनिवार ७६ रनले पराजित गर्दै थन्डर उपाधि नजिक पुगेको हो।सरस्वती माविको खेल मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको थन्डरले १९.५ ओभरमा सबै विकेट गुमाउँदै २ सय ५ रन बनाएको थियोे । थन्डरका लागि रोहित राजवंशीले […]
March 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश प्रहरीलाई पराजित गरि मधेश प्रदेश प्रहरी कार्यालयले पहिलो संस्करणको आइजिपी कपको उपाधी जितेको छ । शनिवार भएको फाइनल खेलमा मधेशले लुम्बिनीलाई १४ रनले पराजित गरि उपाधी जितेको हो । मधेशले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५३ रन मात्र जोड्न सक्यो […]
March 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर तृतराज दासको शतकमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार चौथो जित निकालेको छ । आर्मीले शनिवार कोशी प्रदेशलाई ७ विकेटकोले हराएको छ । २ सय ३१ रनको लक्ष्य आर्मीले ४७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । आर्मीको जितमा ओपनर तृतराज दासले नट आउट […]