default_image

8 years ago

July 29, 2017

इपिएलको दोश्रो संस्करण हुने

101 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – गतवर्षदेखि सुरु भएको एभरेष्ट प्रिमिएर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण यस वर्ष पनि आयोजना हुने भएको छ। पहिलो संस्करणको उपाधि शरद भेषवाकरको कप्तानीमा रहेको पन्चकन्या तेजले जितेको थियो।

तस्बिर: पन्चकन्या तेजको फेसबुक

यस वर्ष हुने दोश्रो संस्करणबारे जानकरी दिन आयोजकले भोली राजधानीमा पत्रकार सम्मेलन गर्ने भएको छ। पछिल्लो संस्करणमा ६ टोलीको सहभागिता रहेको थियो भने यस वर्ष पनि सोहि ६ टोलीले सहभागिता जनाउने बुझिएको छ। यस पटक भने अक्सनको माध्यमबाट खेलाडी छनोट हुन सक्ने सम्भावना रहेको छ।

पछिल्लो संस्करणमा विजयी टोली पन्चकन्या तेजसँगै कलर्स ज्ञानेन्द्र एक्स फ्याक्टर्स (कप्तान ज्ञानेन्द्र मल्ल), विशाल वारियर्स (कप्तान पारस खड्का), सगरमाथा लेजेण्ड्स (कप्तान बिनोद भण्डारी), जगदम्बा राइनोज (कप्तान शक्ति गौचन) र कान्तिपुर गुर्खाज (कप्तान बसन्त रेग्मी)को सहभागिता रहेको थियो। टि२० फर्म्याटमा खेलिएको प्रतियोगिताको फाइनलमा आसिफ शेखको शतकको मद्दतले तेजले एक्स फ्याक्टर्सलाई पराजित गरेको थियो।

March 18, 2025

कर्णालीले कोशीलाई हरायो

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध जित हात पारेको छ । मंगलवार भएको खेलमा कर्णालीले कोशीमाथि १ सय २७ रनको फराकिलो जित हासिल गरेको हो । कर्णालीले दिएको २ सय १९ रनको मध्यम लक्ष्य पछ्याएको कोशी ३५ ओभरमा ९१ रनमा समेटिएको थियो । कोशीका लागि ओपनर चिराग साहले […]

March 18, 2025

पाकिस्तानमाथि न्युजिल्याण्डको लगातार दोस्रो जित

एजेन्सी – घरेलु टोली न्युजिल्याण्डले पाकिस्तानमाथि लगातार दोस्रो टि ट्वान्टी आईमा पराजित भएको छ । मंगलवार भएको ५ खेलको टि ट्वान्टी आईको दोस्रो खेलमा न्युजिल्याण्डले ५ विकेटको जित हात पारेको छ । लगातार दोस्रो जितका साथ न्युजिल्याण्डले सिरिजमा २-० को जित हात पारेको पहिलो टि ट्वान्टी आईमा न्युजिल्याण्ड ९ विकेटले विजयी भएको थियो । बर्षाका […]

March 18, 2025

कोशीविरुद्ध कर्णालीको मध्यम लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – कर्णाली प्रदेशले प्रधानमन्त्री(पिएम) कपमा पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशीविरुद्ध मध्यम लक्ष्य बनाएको छ । कर्णालीले कोशीलाई जितका लागि २ सय १९ रनको मध्यम लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय १८ रनको योगफल तयार गर्यो । कर्णालीका लागि […]

Success

Thank you for your time.