8 years ago
July 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी विश्वकप छनोटको एसिया क्षेत्र अन्तर्गत अफगानिस्तान छनोटका सबै खेल जित्दै सन् २०१८को जनवरीमा हुने विश्वकपका लागि छनोट भयो। नेपालले छनोट प्रतियोगितामा ६ मध्ये ४ खेल जित्यो र अफगानिस्तान विरुद्धको २ खेलमा पराजय भोग्यो।
प्रतियोगिताको समापनपश्चात प्रशिक्षक बिनोद दासले नेपाली टोलीको ब्याटिङ नचल्नु नै नेपालको छनोट नहुनुको मुख्य कारण रहेको बताए। ‘हामीले यसपटक निकै खराब ब्याटिङ गर्यौं। प्रतियोगिता अवधिभर हामीले सोचेअनुरुप प्रदर्शन गर्न सकेनौं र लय समात्न असफल रह्यौं। हामीले मलेसिया र सिंगापुरसँग बलिङको भरमा जित हात पारेपनि अफगानिस्तानसँग भने खासै खेल्न सकेनौं।’
उनले अफगानिस्तान प्रतियोगिताको उत्कृष्ट टोलीका रुपमा विश्वकप पुग्न योग्य रहेको बताए। ‘अफगानिस्तान निसंकोच यस प्रतियोगिताको उत्कृष्ट टोली थियो। उनीहरुले निकै राम्रो क्रिकेट खेले। उनीहरुले आफ्नो क्षमता अनुसारको खेल देखाउन सके र सबै खेलमा निकै सहज जित हात पार्न सफल रहे। विश्वकप पुग्न अफगानिस्तान योग्य टोली भएको नतिजाले पनि ठहर गर्छ।’
उनले नेपालको प्रतियोगितामा गरेको प्रदर्शनलाई समग्रमा आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्न नसकेको निर्क्यौल गरे। ‘हामीले बलिङमा राम्रो प्रदर्शन गरेपनि ब्याटिङमा भने क्षमता भन्दा धेरै तल्लो स्तरको खेल खेल्यौं। हामीले कुनै खेलमा पनि आफ्नो लय समात्न सकेनौं। हामीले सुधार गर्नुपर्ने धेरै क्षेत्र रहेको पनि बुझ्यौं। समयसंगै त्यसलाई सुधार गर्ने लक्ष्य हाम्रो छ।’
कप्तान सन्दिप लामिछानेको प्रदर्शनबारे बोल्दै उनले म्यान अफ द सिरिज बनेका स्पिनरको खुलेर प्रशंसा गरे। ‘सन्दिपले प्रतियोगिता भर उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले समग्रमा आफ्नो स्तर र क्षमता देखाउँदै उल्लेखनीय योगदान दिए। अन्तिम खेलमा मांशपेसीको चोटले केहि समय बलिङ गर्न सकेनन्। अन्तिममा मात्र उनले बलिङ गर्न सकेका थिए।’ सन्दिपले प्रतियोगिताका ६ खेलमा २४ विकेट लिएका थिए।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]