default_image

8 years ago

July 25, 2017

सन्दिपलाई ‘म्यान अफ द सिरिज’को उपाधि

72 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्रको छनोट अन्तर्गत नेपालका कप्तान सन्दिप लामिछानेले प्रतियोगिताको ‘म्यान अफ द सिरिज’को उपाधि जितेका छन्। प्रतियोगिता अवधिभर ६ खेलमा ३ पटक ५ विकेट लिएका सन्दिपले  कुल २४ विकेट लिएका थिए।

प्रतियोगिताको पहिलो खेलमा आयोजक सिंगापुर विरुद्ध २१ रन खर्चेर ५ विकेट लिएका सन्दिपले दोश्रो खेलमा १७ रन खर्चिदैं ५ विकेट लिएका थिए। तेश्रो खेलमा अफगानिस्तानविरुद्ध २ विकेट हात पारेका कप्तानले आयोजकविरुद्ध चौथो खेलमा भने ४ विकेट लिए। मलेसिया विरुद्धको पाँचौ खेलमा करियरकै उत्कृष्ट प्रदर्शन गर्दै उनले १३ रन खर्चेर ७ विकेट लिए। मंगलबार भएको अन्तिम खेलमा भने उनले १ विकेटमात्र लिए। सन्दिप ५ विकेट लिएका ३ खेलमा म्यान अफ द म्याच भए।

प्रतियोगिता अवधिभरका ६ खेलमा ५३.४ ओभर बलिङ गरेका उनले २.४२को इकोनोमीमा १ सय ३० रन मात्र खर्चेका थिए। उनले ५.४१को औसतमा विकेट लिएका थिए। उनले यसक्रममा ८ मेडन फ्याँकेका थिए भने उनको स्ट्राइक रेट १३.४को रहेको थियो।

March 17, 2025

मधेशविरुद्ध लुम्बिनीको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशविरुद्ध मध्यम योगफल तयार गरेको छ । दाङमा जारी खेलमा लुम्बिनीले १ सय ५९ रनको मध्यम लक्ष्य तयार गरेको हो । लमही क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेश ४६ ओभरमा १ सय ५८ रनको मध्यम योगफलमा समेटिएको हो । लुम्बिनीका […]

March 17, 2025

सुदूरपश्चिमविरुद्ध पुलिसको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – साबिक विजेता नेपाल पुलिस क्लब प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेश मधयम योगफल तयार गरेको छ । रुपेन्देहीमा जारी खेलमा सुदूरपश्चिमविरुद्ध पुलिस १ सय ६० रनको योगफलमा समेटिएको हो । सिद्धार्थनगर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १ सय ६० रनको योगफलमा समेटिएको हो । पुलिसका […]

March 17, 2025

आर्मीविरुद्ध एपिएफको सामान्य लक्ष्य

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई जितका लागि सामान्य लक्ष्य दिएको छ । भैरहवामा जारी खेलमा एपिएफले आर्मीलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको हो । एक्स्ट्रा टेक ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.३ ओभरमा १ सय ४१ रनमा अल आउट भयो […]

Success

Thank you for your time.