8 years ago
July 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया छनोट अन्तर्गत आज भइरहेको अन्तिम खेलमा नेपालले १ सय ९६ रनको लक्ष्य पाएको छ। टस जितेर पहिलो ब्याटिङ रोजेको अफगानिस्तानले ४६.५ ओभरमा अलआउट हुँदै १ सय ९५ रन बनाएको थियो। दोश्रो पारीको सुरुवात गरेको नेपालले प्रतियोगितामा जारी खराब ब्याटिङलाई निरन्तरता दिएको छ।
नेपालले २३ रनको स्थितिमै आफ्नो शीर्ष ४ ब्याट्सम्यानलाई गुमाईसकेको थियो। ओपनर जोडीले फेरी पनि रन जोड्न सकेनन्। खेलको छैटौं ओभरमा सन्दिप सुनार ६ रन जोड्दै मुजिब उर् रहमानको बलमा बोल्ड हुँदा नेपालले १० रनमात्र जोडेको थियो। त्यसपछिको ओभरमा अर्का ओपनर आसिफ शेख पनि २ रन जोड्दै युसुफ जजाईको बलमा एलबीडब्लु भए।
प्रनित थापा मगर खाता नखोली रहमानको बलमा क्याच आउट हुँदा अनिल शाह ६ रन जोड्दै जजाईको बलमा कट बिहाइन्ड भए। हाल नेपाल १३ ओभरमा ४ विकेटको क्षतिमा २६ रन बनाएर खेलिरहेको छ। क्रिजमा दिपेन्द्र सिंह ऐरी ५ र रोहित कुमार पौडेल १ रन बनाएर खेलिरहेका छन्।
नेपालको लागि यसपछि ब्याटिङ क्रममा विकेटकिपर प्रकाश केसी र पवन शर्रफको नाम रहेको छ। त्यसपश्चात भने ३ बलर सन्दिप लामिछाने, साहब आलम र किशोर महतो रहेका छन्।
यसअघी अफगानिस्तानका लागि ओपनर इब्राहिम जद्रानले शतकीय पारि खेलेका थिए। १ सय १४ बलको सामना गरेका जद्रानले ७ चौका र ५ छक्काको मद्दतले १ सय १ रन बनाए। जद्रान ४१औं ओभरमा दिपेन्द्र सिंह ऐरीको बलमा छैटौं विकेटको रुपमा पेभेलियन फर्केका थिए। जद्रानले पाँचौ विकेटका लागि २४ रन जोडेका विकेटकिपर ब्याट्सम्यान इक्रम अल खलिलसँग मिलेर ७४ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए। अफगानिस्तानका लागि ओपनर नबिद ओबेदले २२ रन जोडेका थिए। अन्य कुनै ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन।
नेपालका लागि साहब आलमले ४ विकेट लिएका थिए भने दिपेन्द्र सिंह ऐरीले ३ विकेट हात पारे। सन्दिप लामिछाने र पवन शर्राफको नाममा पनि १/१ विकेट रह्यो।
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]