8 years ago
July 25, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्र छनोट अन्तर्गत आज हुने अन्तिम खेलमा अफगानिस्तान र नेपाल भिड्दैछन्। खेलमा अफगानिस्तानले टस जितेर पहिलो ब्याटिङ रोजेको छ।
पछिल्ला ५ खेलमा टस जितेको नेपालले ४ खेलमा फिल्डिङ रोजेको थियो भने सिंगापुरविरुद्ध दोश्रो चरणमा ब्याटिङ रोजेको थियो। १० अंक बोकेर शीर्ष स्थानमा रहेको अफगानिस्तानले विश्वकपमा स्थान बनाउने लगभग पक्का भइसकेको छ। ८ अंक बोकेको नेपालभन्दा धेरै राम्रो रन रेट भएकाले नेपालले जित हात पारेपनि उक्त नतिजा पर्याप्त हुनेछैन।
नेपालले पछिल्लो खेलबाट २ परिवर्तन गरेको छ। पवन शर्रफ र आसिफ शेख टोलीमा फर्किएका छन् भने आदील खान र रिजन ढकाल बाहिरिएका छन्।
नेपालको प्लेइङ ११:
सन्दिप लामिछाने (कप्तान), दिपेन्द्र सिंह ऐरी, सन्दिप सुनार, प्रकाश केसी, आसिफ शेख, रोहित कुमार पौडेल, अनिल कुमार साह, पवन शर्राफ, प्रनित थापा मगर, शाहब आलम, किसोर महतो
सुरुवाती रोजाईमा नपरेका: ललित नारायण राजबंशी, रिजन ढकाल, आदील खान
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]
March 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]
March 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]