default_image

8 years ago

July 24, 2017

नेपाल विश्वकप पुग्न ‘अभूतपूर्व नतिजा’ आवश्यक

72 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल र अफगानिस्तान भोलि अन्तिम खेल खेल्दैछन्। अफगानिस्तान ५ खेलमा १० अंकसहित शीर्षस्थानमा छ भने नेपाल ८ अंकसहित दोश्रो स्थानमा रहेको छ।

अंक तालिकामा शीर्ष स्थानमा रहने टोलीमात्र विश्वकपका लागि छनोट हुने प्रावधान रहेको छ। नेपालले भोलीको खेलमा जित हासिल गरेको खण्डमा दुवै टोलीको समान १० अंक हुनेछ। तर अहिले अंक तालिकामा अफगानिस्तानको रनरेट ४.१५९ रहेको छ भने नेपालको रन रेट ०.७६८ रहेको छ। नेपालले प्रतियोगितामा सबै खेलमा उत्कृष्ट बलिङ गरेपनि कुनै खेलमा पनि सन्तोषजनक ब्याटिङ प्रदर्शन गर्न सकेको छैन।

भोली हुने खेलमा नेपालले निकै ठुलो अन्तरको जीत हात पारेमात्र अर्को चरणमा पुग्ने सम्भावना रहन्छ। नेपालले प्रतियोगितामा गर्दै आएको प्रदर्शनलाई हेर्ने हो भने नेपालले जित हात पार्ने सम्भावना एकदम न्यून रहेको छ।

नेपाललाई छनोट हुन कम्तिमा पनि चाहिने नतिजा:

पहिलो फिल्डिङ गरेर नेपालले अफगानिस्तानलाई ५० रनमा अलआउट गरेको खण्डमा २ ओभरभित्र खेलमा जित हात पार्नुपर्ने हुन्छ भने अफगानिस्तानले १ सय रन जोडे नेपालले उक्त लक्ष्य ४ ओभरमा पुरा गर्ने समिकरण निस्कन्छ अफगानिस्तानको रन बढेसँगै नेपालले त्यसै अनुसार चाँदै लक्ष्य पछ्याउनु पर्ने हुन्छ जुन असम्भव प्राय छ

पहिलो ब्याटिङ गरेर नेपालले ३०० रन बनाएको खण्डमा अफगानिस्तानलाई ३० रनमा अलआउट गर्नुपर्ने अवस्था हुन्छ नेपालले ३५० रन बनाएको खण्डमा भने अफगानिस्तानलाई ५० रनमा अलआउट गर्नुपर्ने हुन्छ

यस्ता समिकरणहरु सबै गणितीय रुपमा मात्र सिमित हुन् नेपालले असम्भव नतिजा निकालेको खण्डमा मात्र विश्वकपमा स्थान बनाउने छ

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.