9 years ago
November 17, 2015
मंसिर १, हाम्रो खेलकुद
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा दोस्रो चरणमा आफ्नो दोश्रो खेल नेपालले भोलि पपुवा न्युगिनीसँग खेल्दै छ ।
युएईको अबुधाबीमा रहेको शेख जायद स्टेडियममा हुने खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेदेखि सुरु हुँदैछ ।
सोमबार भएको खेलमा नेपाल पपुआ न्यु गिनिसंगै दुइ विकेटले पराजित भएको थियो| निकै प्रतिस्पर्धात्मक खेलमा नेपालको ब्याटिंग चल्न सकेको थिएन| ओपनारको समस्या कायमै रहेकाले टोलीमा केहि परिवर्तन हुन सक्नेछ|
प्रतियोगितामा नेपालसहित स्कटल्यान्ड, युएई, हङकङ, नामिबिया, पपुवा न्युगिनी, केन्या र नेदरल्यान्ड्स गरी आठ टोलीले प्रतिस्पर्धा गर्दैछन् । तिन खेलमा कुनै अंक नजोडेको नेपाल अंक तालिकाको पुछारमा रहेको छ|
January 12, 2025
एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]
January 12, 2025
एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]
January 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा आइतवार बागमती प्रदेशलाई पराजित गर्दै जय ट्रफी मेन्स एलिट कपको फाइनलमा पुगेको छ । एलिट कपको फाइनलमा पुग्ने पुलिस दोस्रो टोली बनेको छ । यसअघि आजै मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनल पुगेको थियो । लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ […]