default_image

8 years ago

July 24, 2017

मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दियो

81 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोट अन्तर्गत भइरहेको नेपालको पाँचौ खेलमा मलेसियाले नेपाललाई ९० रनको लक्ष्य दिएको छ। खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालका स्पिनर चम्किएपछि मलेसिया ८९ रन जोड्दै ३५.१ ओभरमै अलआउट भएको थियो।

खेलको दोश्रो ओभरमै ओपनर सफिउल्ला मलिकलाई शुन्यमा गुमाएको मलेसियाको लागि दोश्रो विकेटका लागि कप्तान विरानदिप सिंह र साएद अजिज मुबारकले ५८ रनको साझेदारी गरे। नेपालका कप्तान सन्दिप लामिछानेले आफ्नो पहिलो ओभरमै ४६ रनमा खेलिरहेका मुबारकलाई कट बिहाईन्ड गराएका थिए। ६६ बल खेलेका मुबारकले ७ चौका र १ छक्का प्रहार गरे। सन्दिपले आफ्नो दोश्रो ओभरमा कप्तान विरानदिपको पनि विकेट लिंदै मलेसियालाई थप संकटमा पारेका थिए।

त्यसपछि नियमित विकेट गुमाएको मलेसियाको लागि कसैले उल्लेख्य रन जोड्न सकेनन् मलेसियाका ४ ब्याट्सम्यान खाता नखोली पेभेलियन फर्केका थिए।  नेपालका लागि कप्तान सन्दिप लामिछानेले ७ विकेट लिएका थिए भने साहब आलमले २ विकेट लिए। प्रतियोगितामा पहिलो खेल खेलिरहेका रिजन ढकालले पनि १ विकेट लिन सफल रहे।

March 14, 2025

लुम्बिनी र मधेश आइजिपी कपको फाइनलमा‌

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश र मधेश प्रदेश प्रहरी कार्यालय प्रथम आइजिपी कप क्रिकेट प्रतियोगिता २०८१ को उपाधिका लागि भिड्ने भएका छन्। शुक्रवार भएको सेमिफाइनलमा लुम्बिनीले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयलाई १ सय ९ र मधेशले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टिमलाई १२ रनले हराउँदै फाइनल पुगेका हो। पहिलो सेमिफाइनलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले […]

March 14, 2025

पिएम कप – बागमतीको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेशले प्रधानमन्त्री(पिएम) कप पुरुष एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिता २०२५ मा पहिलो जित हासिल गरेको छ । शुक्रवार भएको आफ्नो तेस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा बागमतीले सुदूरपश्चिम प्रदेशलाई ५५ रनले पराजित गरेको हो । २ सय ६७ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम ४७ ओभरमा २ सय ११ रनमा समेटियो । सुदूरपश्चिमका […]

March 14, 2025

नेपालको सान्त्वना जित

काठमाडौं(हाम्रो खेलकुद) – युगाण्डामा जारी वुमेन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ । लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङ १ सय ५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक ४७ […]

Success

Thank you for your time.